मंसिर ४ मा हुने निर्वाचनका लागि सत्ता गठबन्धनमा रहेका ५ दलले साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरे । कार्यदल गठन भएको एक महिना बित्दा समेत सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन । ११ सदस्यीय कार्यदलको अलबा बेला बेला ५ दलका शीर्ष नेताहरुबीच पनि बैठक र छलफल हुँदै आएका छन् । शीर्ष तहको बैठकमा राष्ट्रिय जनमोर्चाका तर्फबाट अध्यक्ष चित्रबहादुर केसी सहभागी बन्छन् । साउन २० यता तीनचार पटक गठबन्धनका शीर्ष नेताहरुबीच बैठक बसेपनि ती छलफलमा कसले कति सिट लिने भनेर कसैले मुख नखोलेको राष्ट्रिय जनमोर्च