‘७० वर्ष पुगेपछि पद छोड्नुपर्छ, तर महाधिवेशनमा बोल्नै पाइएन’

एमालेले हालै विधान महाधिवेशन सम्पन्न गरेपछि अब नेतृत्व चयनका लागि हुने राष्ट्रिय महाधिवेशनतर्फ ध्यान सोझिएको छ । विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विकल्प नेताको रुपमा स्थापित गर्ने कोसिस गरेको छ । तर विधान महाधिवेशनले ओलीलाई फेरि दोहोर्‍याउने मनोविज्ञान तयार गरे पनि पार्टीभित्र यो महाधिवेशनका क्रममा भएका गतिविधि र निर्णयहरूमा असन्तुष्टि पनि छ । विशेषगरी ७० वर्षे उमेरहदको व्याख्या  र महाधिवेशन हलमा एकलौटी रुपमा टोली नेता छान्ने र ब्रिफिङ गर्न दिने शैलीले पनि केही नेताको मन कुँडिएको छ ।