मुगु दुर्घटनाः प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको सो कार्यालयले जनाएको छ । समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य हुनुहुन्छ । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै ग