काठमाडौं । बर्दियाको राजापुर नगरपालिका–९ चनौराका दिनेश थारुलाई प्रहरीले पक्राउ गरेको छ । ३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।२४ वर्षीय दिनेशले कर्णाली नदीको तटबन्धमा बलात्कार गरेको महिलाले आरोप लगाएकी छिन् ।आइतबार राति पक्राउ गरिएका दिनेशमाथि बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।