अब गाईभैंसीको गर्भ परीक्षण अत्याधुनिक भिडियो एक्सरे मेसिनबाट

काठमाडौं । नेपालका अधिकांश दुर्गम जिल्लाका जनताले सामान्य स्वास्थ्य सेवासमेत नपाएर अकालमा ज्यान गुमाएका घटना हरेक दिनजसो सुनिन्छ । गर्भवती महिलाका पीडा त सुनिनसक्नु नै छ । जिल्लाका कतिपय अस्पतालमा गर्भ परीक्षणका लागि सामान्य एक्स–रे मेसिनसम्म नभएको तथा भएका स्थानमा समेत उपकरण नचल्ने घटना सामान्य नै हुन् ।  तर, नेपालमा पशुको गर्भ परीक्षणका लागि अत्याधुनिक भिडियो एक्स–रे मेसिनको प्रयोग गरिँदै आएको छ । विश्व बैंकको अनुदान सहयोगमा सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले यो व्यवस्था मिलाएको हो ।  आयोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत ईश्वरी खतिवडाका अनुसार आयोजनाले उपलब्ध गराएका यस्ता उपकरण मानिसको स्वास्थ्य परिक्षणकै लागि प्रयोग हुने उपकरण हुन् ।  यस्ता उपकरणले पशुको गर्भ परीक्षण मात्रै नभई अन्य प्रकारका परीक्षणसमेत गर्न सकिन्छ । ‘किसानलाई पशुमा गर्भ छ वा छैन भन्ने पत्ता लगाउन हाल ५÷७ महिना नै कुर्नु पर्छ । व्यावसायिक किसानलाई कुनै पशु ५÷७ महीना कुर्नुपर्दा ठूलो नोक्सान हुन्छ,’ उनले भने, ‘यो उपकरणबाट एक–दुई महीनामा नै पत्ता लाग्ने हुँदा किसानको समय बचत हुन्छ ।’  जर्मनीबाट आयात गरिएका उपकरण प्रतिसेट ७ लाख रुपैयाँभन्दा बढी मूल्य खरिद गरेको आयोजनाले जनाएको छ । आयोजनाले ५२ थान मेसिन खरिद गरी देशका विभिन्न विज्ञ केन्द्र, पशु अस्पताल र विश्वविद्यालयलाई दिएको छ ।  आयोजनाबाट कृषकको गोठसम्म पुगेर सेवा दिनसक्ने ३७ अत्याधुनिक प्रविधियुक्त मेसिन वितरण गरिसकिएको छ भने १५ थान मेसिन वितरण प्रक्रियामा छ । हाल उक्त उपकरण सञ्चालनको लागि प्राविधिकलाई तालिमसमेत दिइरहेको आयोजनाले जनाएको छ ।  आयोजनाले पशु चिकित्सकहरूलाई दुई चरणमा दिने गरी यही माघ ९ गतेदेखि गाईभैंसीको गर्भ परीक्षण तथा पशु प्रजनन् विकृति निवारणसम्बन्धी तालिम शुरू गरेको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोग तथा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।  ६० पशु चिकित्सक सहभागी हुने तालिममा अधिकृतस्तरीय तालिममा प्रादेशिक भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपाल सरकारका पशु प्रजनन फार्म, नेपाल प्रहरी केनाइन शाखा, नेपाली सेना तथा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू समेतको उपस्थिति छ ।  तालिममा गाईभैंसीको गर्भ परीक्षण, बाँझोपन निवारणलगायत विषयमा ज्ञान वितरण हुनेछ । विकसित राष्ट्रहरूमा पशुहरूमा अल्ट्रासाउण्ड मेसिनको प्रयोग दशकौंदेखि भइरहेको र नेपालमा पनि यसको आवश्यकता बढेकाले तालिम आयोजना गरिएको आयोजनाका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत डा. प्रवेश शर्माले बताए ।

सम्बन्धित सामग्री

एकडारा गाउँपालिकालाई भिडियो एक्सरे मेसिन हस्तान्तरण

एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन भिडियो एक्सरे मेसिनले अझ मद्दत गर्ने र भिडियो एक्सरेको सेवा शुरु भएपछि गर्भावस्थाको बारेमा जाँच गर्न अब जलेश्वर, जनकपुर पुग्नु पर्ने बाध्यता हट्ने बताए।

एकडारा गाउँपालिकालाई भिडियो एक्सरे मेसिन हस्तान्तरण

एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन भिडियो एक्सरे मेसिनले अझ मद्दत गर्ने र भिडियो एक्सरेको सेवा शुरु भएपछि गर्भावस्थाको बारेमा जाँच गर्न अब जलेश्वर, जनकपुर पुग्नु पर्ने बाध्यता हट्ने बताए।

भिडियो एक्सरे मेसिन अलपत्र

यहाँस्थित जिल्ला अस्पतालमा रहेको भिडियो एक्सरे मेसिन अलपत्र परेको छ । आठ महिनाअघि बिग्रिएको मेसिन मर्मतसम्भारको अभावमा अलपत्र परेको हो । लामो समय मेसिन बिग्रेर थन्किएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । अहिले गाउँका स्वास्थ्यचौकीमा समेत भिडियो एक्सरे मेसिन राख्न थालिएको छ ।

विकट पहाडी ताप्लीमा पनि अब भिडियो एक्सरेबाट स्वास्थ्य जाँच

विद्युत सेवा पुगेसँगै अन्तराष्ट्रिय दातृ निकाय वल्र्डभिजन इन्टरनेशनल नेपालले रुपाटार स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मेसिन उपलब्ध गराएको हो। वल्र्डभिजनले उदयपुरस्थित साझेदार संस्था मानव अधिकार र विकास केन्द्र (हुरेण्डेक)सँगको समन्वयमा ५ लाख मूल्य बराबरको ...

बेनी नगरपालिकालाई भिडियो एक्सरे मेसिन सहयोग

म्याग्दी । वनहार्ट वल्डवाइड म्याग्दीको सहयोगमा बेनी नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई लक्षित गरेर भिडियो एक्सरे मेसिन सहयोग भएको छ । बेनी नगरपालिका र वल्डवाइडको सहकार्यमा पोर्टेबल भिडियो एक्सरे मेसिनको सेट सोमबार बेनी नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमार्फत गर्भवती महिला र बच्चाको स्वास्थ्य अवस्था पत्ता लगाउन भिडियो एक्सरे मेसिन उपलब्ध गराइएको वनहार्ट […]

एक वर्षपछि बारेकोटमा चिकित्सकसहित भिडियो एक्सरे मेसिन

प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा दरबन्दीका चिकित्सकको सरुवा भएको करिब तीन वर्षपछि गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक नियुक्त गरेको स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए।

गर्भ जाँचका लागि भिडियो एक्सरे मेसिन

कामाण्डौं । गर्व जाँच गराउन सधैँ बाहिरका अस्पतालमा धाउनुपर्ने समस्या झेलिरहेका पौवाढुङगाबासीको समस्या हटेको छ ।      ‘वान हर्ट बल्र्ड वाइट नेपाल’ ले भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेसँगै सो समस्या हटेको गाउँपालिकाले जनाएको ...