करियर जोगाऊँ परिवार बिग्रन्छ भन्ने डर, परिवार सपारौं करियर डामाडोल!

'अब त म चाहेर पनि पढ्न सक्दिनँ दिदी, बच्चा पढाउन अहिले सहरमा बसेकी छु। बच्चाको हेरचाह गर्नुपर्‍यो, श्रीमानलाई अफिसको लागि तयारी गर्दिनुपर्‍यो। हुन त बाहिरबाट अरूको नजरबाट हेर्दा म बेकामे त हुँ नि, मेरो जागिर छैन तर मेरो पीडा कसलाई थाहा छ र ? बिहे गरेसँगै मेरो करियरको अध्याय सकियो।'