नेपालगञ्जबाट भएन कुनै पनि उडान

नेपालगञ्ज- बाक्लो कुहिरोले भिजिबिलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेको छैन । बिहानैदेखि लागेको हुस्सुका कारण यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र काठमाडौँका लागि हुँदै आएका सबै उडान रद्द गरिएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिए। जहाज अवतरण र उडानका लागि भिजिबिलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लालगायत काठमाडौँका लागि कुनै हवाई […]

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एक वर्ष : भएन नियमित व्यावसायिक उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको मंगलबार एक वर्ष पूरा हुँदै छ । निकै तामझामका साथ १७ पुस ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विमानस्थलमा वर्षभरि नै व्यवसायिक अन्तर्राष्ट्रिय उडान...

पोखराः विमानस्थलसँगै होटल त ठडिए, तर अन्तर्राष्ट्रिय उडान सुरु भएन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको चारमहिना कटिसकेको छ। पोखराका पर्यटन व्यावसायीले अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको पहिलो दिन (२०२३ जनवरी १) देखि नै पोखराबाट कुनै एउटा गन्तव्यसम्म अन्तर्राष्ट्रिय उडान होस भन्ने चाहेका थिए। तर, विमानस्थल ...

दशैंमा पनि बैतडीको हवाई सेवा सञ्चालन भएन, कारण के ?

काठमाडौं : दशैंमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन। लामो समयदेखि बन्द रहेको हवाई सेवा दशैंमा पुनःसञ्चालन हुने भनिएको थियो। तर उ दशैंमा पनि उडान सञ्चालन हुन नसकेको हो। समिट एयरले साप्ताहिकरुपमा उडान गर्दै आएकामा गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई उडान सेवा बन्द छ।…

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

मौसममा आएको बदलीका कारण बुधबार ६५ वटा आन्तरिक उडान रद्द भएका छन् । बुधबार १ सय ३३ वटा उडान तालिका तय भएकोमा ६८ वटा उडानमात्र भएको र बाँकी रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलले जनाएको छ । बुधबार पोखरामा कुनै पनि उडान भएन ।आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले मौसममा आएको बदलीका कारण देशभरको उडान […]

सुकिलुम्बा विमानस्थल बन्यो, उडान अझै भएन

इलाम । इलाममा निर्माणाधिन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम पुरा भएपनि उडान भने हुन सकेको छैन । गत बैशाखमै दोस्रो पटक परिक्षण गर्ने गरी कालोपत्रे काम थाले पनि अहिलेसम्म इलाममा जाहाज उडान अन्योल रहेको हो । विमानस्थलको धावनर्मामा कालोपत्र निर्माण सकिएसंगै इलामबाट जाहाजमा उड्ने सपना पूरा हुनेमा जिल्लावासी खुसी थिए । छ सय […] The post सुकिलुम्बा विमानस्थल बन्यो, उडान अझै भएन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चिसो बढेसँगै आन्तरिक उडान प्रभावित, हुस्सुले केही विमानस्थलको उडान भएन

काठमाडौं । चिसो बढेसँगै आन्तरिक हवाई उडान प्रभावित भएको छ । मंगलबार बिहानैदेखि काठमाडांैलगायत विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको हो । आकाशमा बाक्लो हुस्सु र तुँवालो भरिएर विमान उडान र अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुगेका कारण काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका लागि निर्धारित उडानहरू डिले (ढिलाइ) भएको काठमाडौंस्थित त्रिभुवन […] The post चिसो बढेसँगै आन्तरिक उडान प्रभावित, हुस्सुले केही विमानस्थलको उडान भएन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हुस्सुले तराई तथा दुर्गम भेगका जिल्लाको उडान प्रभावित

काठमाडौं । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यको उडान दुई दिनदेखि प्रभावित भएको हो । बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार सोमबार तराई तथा पहाडी क्षेत्रका विमानस्थल ८८ उडान तालिका रहेकामध्ये ४० उडान रद्द भए । आज पनि ८८ उडान तालिका रहेको छ । बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले निकै सास्ती बेहोर्नुपरेको छ । उडान नभएपछि गन्तव्य हिँडेका यात्रु दिनभरजसो विमानस्थलमा अलपत्र परेका छन् । मौसम खराबीका कारण आज पनि तराईका अधिकांश स्थानमा उडान हुनसकेको छैन । सोमबार तराईका अधिकांश गन्तव्यको उडान रद्द भएका छन् यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाकाअनुसार सोमबार विराटनगरमा चार, सिमरामा तीन, भरतपुरमा दुई, नेपालगञ्ज र तुम्लिङ्टारमा समान एक एक उडान रद्द भए । यतीको आजका लागि तय भएको विराटनगर र भद्रपुर गन्तव्यमा अहिलेसम्म पनि उडान हुनसकेको छैन । विराटनगरमा चार उडान तालिका छ । भद्रपुरको दुई उडानमध्ये एक रद्द गरिएको कम्पनीले जनाएको छ । बुद्ध एयरको मात्रै सोमबार २८ उडान रद्द भएको थियो । बुद्धको विराटनगरमा सात, सिमरा र भैरहवामा समान पाँच उडान भएन । बुद्धले आज पनि विराटनगरमा सात उडान राखेको छ । मौसमको खराबीले अहिलेसम्म उडान भएको छैन । यस्तै सोमबार श्री एयरलाइन्सको तीन र सौर्यका दुई उडान रद्द भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका तराई भू–भागका धेरैजसो स्थानमा हुस्सुरकुहिरो लागेको छ । विमानको समयमा तराईमा लागेको हुस्सु कुहिरो अपरान्हसम्म रहने र हुस्सुका कारण राम्रोसँग घाम नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनका साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावबाट ...