खेलकुद क्षेत्रलाई १ प्रतिशत बजेट छुट्टयाउन माग

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउने तयारी गरिरहेको छ । सो बजेटमा खेलकुद क्षेत्रमा कुल बजेटको कम्तिमा १ प्रतिशत बजेट छुट्याउन सरोकारवालाहरूले माग गरेका छन् ।नेपाल खेलकुद महासंघले अर्थमन्त्री विष्णु पौडेललाई एक प्रतिशत बजेट छुट्याउन आग्रह गर्दै २१ बुँदे मागपत्र बुझाएको छ । बुधवार मन्त्री पौडेललाई माग पत्र बुझाइएको खेलकुद महासंघका महासचिव मेघराज पौडेलले रातोपाटीलाई बताए ।महासंघले एसियन र ओलम्पिक खेलमा पदक जितेका खेलाडीका लागी सरकारी निकायमा स्थायी रोजगारी दिन माग गरेको छ । साफ ख

सम्बन्धित सामग्री

कृषिमा नगरपालिकाको २५ प्रतिशत बजेट छुट्टयाउनुपर्ने किसानको माग

चितवन । राप्ती नगरपालिकाका किसानले कृषि क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउनु पर्ने माग गरेका छन । किसानको तर्फबाट यस्तै माग समेटेर जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाले राप्ती नगरपालिकालाई शुक्रबार  ज्ञापन पत्र बुझाएको हो ।  ज्ञापन पत्रमा रासायनिक मल पर्याप्त पाउनुपर्ने, मल डिपोका सहकारीलाई कृषक तथा शेयर सदस्य संख्याका आधारमा रासायनिक मल उपलब्ध गराउनुपर्ने, नगरको कुल बजेटको २५ प्रतिशत कृषिका लागि छुट्टयाउनुपर्ने, नगरका सबै वडामा कृषिको विशेष योजना ल्याउनुपर्ने, विभिन्न बालिका आबद्ध उत्कृष्ट किसानलाई पुरस्कृत गर्नुपर्ने उल्लेख छ । किसानको दिगो विकासका लागि राप्तीका किसानले कृषि योजना ल्याउनुपर्ने उनीहरुको माग छ । साथै रासायनिक मल र रासायनिक विषादी प्रयोग बिस्तारै कम गर्दै अर्गानिक खेतीलाई प्रोत्साहन दिनुपर्ने उनीहरुले ज्ञापन पत्र मार्फत माग गरेका हुन् । कृषिको विकासका लागि नगरपालिकाले पर्याप्त बजेट विनियोजन गर्न नसकेको उनीहरुको आरोप छ । नगरको अधिकांश जमिन खेतीयोग्य रहेकाले कृषिलाई नै प्राथमिकता दिएर योजना बनाउनुपर्ने संस्थाले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । संस्थाका अध्यक्ष धर्मराज कँडेलले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीलाई ज्ञापन पत्र बुझाएका थिए । यसै, कृषकलाई आवश्यक यान्त्रीकरण उपलब्ध गराउनुपर्ने, उन्नत बीउबिजन अनुदानमा उपलब्ध गराउनुपर्ने, बेमौसमी समयमा पहाडी वडामा विशेष योजना लैजानुपर्ने लगायतका माग गरिएको छ  । यसैगरी, कृषक मल कार्ड प्रदान गर्नुपर्ने, कृषक बाली बिमा योजना ल्याउनुपर्ने, सिंचाइका लागि स्यालो बोरिङ र डिप बोरिङ पर्याप्त हुनुपर्ने, संस्थालाई एक जना कृषि प्राविधिक उपलब्ध गराउनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझाउँदै संस्थाका अध्यक्ष धर्मराज कँडेलले राप्तीमा समग्र कृषि क्षेत्रलाई उपेक्षा गरिएको बताए । जिल्लामा सबैभन्दा बढी उर्वर उत्पादन हुने पालिका राप्ती भएपनि यस क्षेत्रलाई वेवास्ता गरेको उनले आरोप लगाए ।  यसअघिपनि नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको संस्थाका अध्यक्ष कँडेलको भनाइ थियो । ज्ञापन पत्र बुझ्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले सहकारीले पेस गरेको ज्ञापन पत्र नगरप्रमुखलाई उपलब्ध गराउँदै कृषिको विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग

काठमाडौं : शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्री र निकायलाई ध्यानाकर्षण गराएको छ।एनसिइ नेपालले राजनीतिक दलद्वारा निर्वाचनका वेला घोषणापत्रमा गरेको प्रतिबद्धताप्रति ध्यानाकर्षण गराउँदै सोहीअनुरूप शिक्षामा कुल राष्ट्रिय बजेटको २० प्रतिशत रकम आगामी आर्थिक वर्षमा विनियोजन गर्न माग गरेको हो।हाल शिक्षामा करिब १० प्रतिशतको हाराहारीमा बजेट रहेको छ। एनसिइ नेपालका अध्यक्ष राजेन्द्

जिसस उपप्रमुखद्वारा स्थानीय तहको ५ प्रतिशत राजस्व माग

पोखरा । कार्यकारी भूमिका र बजेट नपाएपछि प्रभावकारी नदेखिएको गण्डकीका ११ जिल्लाका जिल्ला समन्वय समितिहरूले स्थानीय तहको ५ प्रतिशत बजेट आफूहरूले पाउनुपर्ने भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानकर्षण गराएका छन् । तत्कालीन जिल्ला विकास समिति देश संघीय संरचनामा गएसँगै जिल्ला समन्वय समितिमा परिणत भएको चियो । तर, जिल्ला समन्वय समितिको खासै भूमिका नदेखिएकोले त्यसको लागि […]

लाइसेन्स कोटा खारेज नगर्न सेयर ब्रोकरको माग

काठमाडौं। लाइसेन्स कोटा खारेज नगर्न सेयर ब्रोकरहरुले माग गरेका छन्। मधेश प्रदेशले चालु आर्थिक वर्षमा ५० प्रतिशत मात्र बजेट खर्च गरेको छ। सशस्त्र प्रहरीका ५७ डिएसपीले दज्र्यानी चिन्ह पाएका छन्। गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सेयर बजार परिसूचक नेप्से ७७.०१ अंकले घट्यो ।

निर्यात प्रोत्साहन कार्यान्वयन गर्न सिमेन्ट उत्पादक संघको माग

२ असार, काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले निर्यात प्रोत्साहनको व्यवस्था तत्काल कार्यान गर्न सरकारसँग माग गरेको छ । सरकारले आर्थिक वर्ष २७९/८० को बजेट विनियोजनका क्रममा निकासीमा प्रोत्साहन गर्न ८ प्रतिशत नगद दिने व्यवस्था गरेपछि त्यसको स्वागत गर्दै संघले यथाशीघ्र कार्यान्वयनको माग गरेको हो । संघले विज्ञप्ति जारी गर्दै नेपालका सिमेन्ट तथा क्लिङ्कर उत्पादन […]

स्यानीटरी प्याडको करमा ९० प्रतिशत छुट दिइने

काठमाडौं : सरकारले स्यानीटरी प्याडको करमा ९० प्रतिशत छुट दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बजेट प्रस्तुत गर्दै स्यानीटरी प्याडमा ९० प्रतिशत कर छुट गरिने बताएका हुन्। त्यस्तै, उनले स्यानीटरी प्याडको स्थानीय उत्पादनमा प्रोत्साहन गरिने समेत बताए। स्यानीटरी प्याडको करमा शत प्रतिशत छुटको माग गर्दै युवाले पटक-पटक प्रदर्शन गर्दै…

पुँजीगत खर्च २४ प्रतिशत, थप बजेट माग

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयसँग थप करिब १ खर्ब रकम माग गरेको छ । विकास निर्माणसम्बन्धी सबैभन्दा महत्वपूर्ण र धेरै बजेट विनियोजन गरिएको भौतिक मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा विनियोजित बजेट खर्च गर्न नसके पनि पुनः ठूलो मात्रामा थप रकम माग गरेको पाइएको हो ।भौतिक पूर्वाधार मन्त्रालयले चालू आर्थिक वर्षको नौ महिनामा हालसम्म पुँजीगततर्फ करिब २४ प्रतिशत मात्र खर्च गरेको छ । विनियोजित बजेट खर्च गर्नेभन्दा भौतिकको ध्यान नयाँ बजेट थप गर्नेमा केन्द्रित

शिक्षाको गुणस्तर वृद्धि गर्न २० प्रतिशत बजेट हुनु पर्ने माग

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले अगामी आर्थिक वर्षमा विगतका वर्षहरू जस्तै १० प्रतिशत बजेटले शिक्षा क्षेत्रको सुधार र गुणस्तर कायम गर्न नसकिने भन्दै अर्थ मन्त्रालयसँग कम्तीमा २० प्रतिशत बजेट सिलिङ तोक्नु पर्ने माग गरेको छ।...

कांग्रेसले सरकारलाई भन्यो- २० प्रतिशत बजेट शिक्षामा छुट्टयाउ

काठमाडौं। नेपाली कांग्रेसले कुल बजेटको कम्तीमा पनि २० प्रतिशत बजेट शिक्षामा छुट्टयाउन सरकारसमक्ष माग गरेको छ। कांग्रेसको शिक्षा विभागले आज एक विज्ञप्ति जारी गर्दै शिक्षालाई सहज, गुणस्तरीय र पहुँचयोग्य बनाइ निःशुल्क बनाउदै लैजाने संविधानको मर्मलाई कार्यान्वयन गर्न माग गरेको हो। विद्यालय तहमा कार्यरत बालकक्षाका शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई उचित पारिश्रमिकको व्यवस्था गर्नसमेत कांग्रेसले भनेको छ।