ठूला पार्टी नामले अलग भएपनि विचारले एकै हुुन्  : अध्यक्ष  लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका ३ ठूला दल नामले अलग  भएपनि विचार र व्यवहारले अलग नभएको बताएका छन् । राप्रपाले  भैरहवामा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले बैदेशिक हस्तक्षेप भित्र्याउन ३ दल लागेको बताउदै हिंसामा विश्वास नगर्ने राप्रपाले यीनीहरुको बाकस खाली गरेर जनता बाटो भएको देखाउनु पर्ने ठिक समय आएको बताए । पर्खने र हेर्ने समय नभएको भन्दै उनले जनता सार्वभौम रहेकाले विवेकले काम गर्न सक्छ भन