कोठा आकर्षक देखाउन यस्तो लाइटिङ

बैठक कोठालाई आकर्षक बनाउन लाइटिङमा विशेष ध्यान दिनुपर्छ । आकर्षक डेकोरेटेड लाइटिङका सामग्रीको प्रयोगले सुन्दरता बढाउनुका साथै कोठालाई उज्यालो पनि बनाउ“छ । झ्यालबाट प्राकृतिक प्रकाश कम आउने कोठा भएमा लाइटिङको जडानमा विशेष...

सम्बन्धित सामग्री

यसरी सिँगारौँ बैठक कोठा

बैठक कोठा घरको पब्लिक एरिया हो । मानिसहरू प्रायः अतिथिहरूलाई भेट्ने, परिवारका सदस्यबीच जमघट गर्ने, जन्मदिनलगायतका समारोह गर्नका लागि यही कोठाको प्रयोग गर्छन् । त्यसैले यसलाई आकर्षक बनाउने चाहना हुन्छ । बैठक कोठाको सजावटमा...

कोठा सुन्दर बनाउने उपाय

घरका कोठा चिटिक्क बनाउने रहर धेरैलाई हुन्छ । तर, कोठा व्यवस्थित र आकर्षक बनाउन हामीले केही कुरा ख्याल गर्नुपर्ने हुन्छ ।  फर्निचर : तपाईंले प्रयोग गरिरहेका फर्निचरलाई नै रंगरोगन गरेर पनि चिटिक्क...

बैठक कोठामा लाइटिङको चयन

बैठक कोठालाई आकर्षक बनाउन लाइटिङमा विशेष ध्यान दिनुपर्छ । आकर्षक डेकोरेटेड लाइटिङ सामग्रीको प्रयोगले सुन्दरता बढाउनुका साथै कोठालाई उज्यालो पनि बनाउँछ । झ्यालबाट प्राकृतिक प्रकाश कम आउने कोठा भएमा लाइटिङको जडानमा विशेष...

बैठक कोठा कसरी चिटिक्क बनाउने ?

बैठक कोठा घरको पब्लिक एरिया हो । भेटघाट वा पारिवारिक छलफलका लागि पनि यसको प्रयोग गरिन्छ । त्यसैले आकर्षक रूपमा

ड्रइङ रुममालाइटिङको चयन

ड्रइङ रुमलाई आकर्षक बनाउन लाइटिङमा विशेष ध्यान दिनुपर्छ । आकर्षक डेकोरेटेड लाइटिङका सामग्रीको प्रयोगले सुन्दरता बढाउनुका साथै कोठालाई उज्यालो पनि बनाउँछ । झ्यालबाट प्राकृतिक प्रकाश कम आउने कोठा भएमा लाइटिङको जडानमा विशेष...

वास्तु र आर्किटेक : शौचालय बनाउँदै हुनुहुन्छ ?

कुनै पनि व्यक्तिले घर बनाउँदा त्यसको डिजाइन गर्न र त्यसलाई आकर्षक बनाउन धेरै पैसा र मेहनत खर्च गर्छन् । तर शौचालय बनाउने बेलामा भने त्यही मेहनत गर्दैनन् । घरको हरेक कोठा बनाउँदा डिजाइनमा ध्यान दिए जस्तै शौचालय बनाउँदा पनि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । शौचालयको आर्किटेक र वास्तु  वास्तुको अनुसार घरको दक्षिणबाट उत्तरतिर फर्किएको […]

इन्डोर प्लान्ट कहाँ, कसरी सजाउने ?

काठमाडौं । घरको कोठा, बार्दली, भर्‍याङजस्ता ठाउँमा इन्डोर प्लान्ट सजाउन सकिन्छ । इन्डोर प्लान्ट अर्थात् घरभित्र रोप्न हुर्काउन सकिने यस्ता थुप्रै बुट्यान हुन्छन्, जसले घरलाई आकर्षक देखाउँछ । त्यसो त यी बुट्यानहरुले घरको शोभा मात्र बढाउँदैन, वायु शुद्धीकरणमा पनि उत्तिकै योगदान दिन्छ । यद्यपि त्यसका लागि कस्तो प्रजातिको बुट्यान राख्ने भन्ने कुरामा भने हेक्का राख्नुपर्छ […]

भारतीय सहयोगमा निर्मित विद्यालय हस्तान्तरण : आकर्षक भवन, चिटिक्क कक्षा कोठा

मोतीराम तिमल्सिना, काभ्रे । भारतीय सरकारको सहयोगमा भुकम्प गएको ६ वर्ष पछि निर्माण सम्पन्न भएका काभ्रेपलाञ्चोक जिल्लामा निर्माण हुने १२ वटा विद्यालय मध्ये ६ वटा समुदायलाई हस्तान्तरण गरिएको छ । भुकम्पले क्षति गराएका १२ वटा विद्यालय भारतिय सरकारको अनुदान र ऋण सहयोगमा निर्माण भएका हुन् । १२ मध्ये ६ वटाको निर्माण कार्य सकिएको छ भने […]

कोठा कोठामा कलेज

असारे हतारोले किसानहरूलाई धान रोप्नमात्र होइन, त्योभन्दा बढी हतारो कलेजको खेती गर्नेहरूलाई विद्यार्थी नामका बिरूवाले आफ्नो टहरो भर्नमा छ । शहरबजारका अलि हेर्न हुने हरेक घरका चोटा र कोठामा स्कुल कलेजका बोर्ड पढ्न पाइन्छन् । ती बोर्डले छेकेको कोठा र टहराभित्र चाहिँ के पढिन्छ पढाइन्छ भन्ने अज्ञात नै छ । तैपनि शहरमा सबैलाई शिक्षा दिने सरकारको सपना यसरी निजी क्षेत्रले पूरा गरिदिन लागेकामा सबै दंग छन् । अभिभावक र विद्यार्थीहरूको सपना त यी चोटे कोठे टहरे कलेजहरूले आकर्षक टु पिस ड्रेस  र खोस्टै सही ल्यामिनेटेड  सर्टिफिकेट उपलब्ध गराएर पूरा  गरेको छ । कामचलाउ सरकारको गाउँ गाउँमा  सहकारी घर घरमा रोजगारीको राष्टिय नारालाई आगामी सरकारले सहरका चोटाचोटामा  कोठाकोठामा कलेज भन्ने नाराका साथ नीति तथा कार्यक्रम बनाए हुन्छ । शिक्षामा निजी क्षेत्रबाट भएको लगानीले देशमा थुप्रै सह र सहायक उद्योगहरू खुल्न पाएका छन् । विद्यार्थीलाई आवश्यक पर्ने बुट, फेसन, किताब, कापी, कलम, स्कुटी आदिको व्यापारले स्कुल कलेज मात्र होइन यसका सप्लायरहरू पनि मालामाल बनेका छन् । देशमा हेलमेट शिक्षकहरूको उत्पान पर्याप्त बढेको छ । फ्रान्सलाई पनि उछिन्नेगरी देशैभरि फेसन उद्योगहरूबीच कपडा कम प्रयोग गरी स्कुल वा कलेज ड्रेस बनाउने प्रतिस्पर्धाको रोमाञ्चक कुराको त बयान गरी साध्य नै छैन ।  स्कुल कलेजका कक्षा समाप्त भएपछि सडकमा लाग्ने भीड हेर्दा ठिटाठिटीहरू शिक्षालय होइन, कुन ठूलै फेसन कम्पिटिसनमा भाग लिन जान लागेको भान हुन्छ । (तीतोमीठोबाट) वर्ष ५, अंक ४५, २०६७, असार २८– साउन २

यसरी सजाउनुस् कार्पेट र पर्दाले कोठा

काठमाडौं । घरको बाहिरी बनावटलाई आकर्षक बनाउन जसरी रङको भूमिका महत्वपूर्ण मानिन्छ, भित्री बनावटको शोभाका लागि पर्दा र कार्पेट उत्तिकै महत्वको हुने गर्छ । घरलाई रङले चिटिक्कै पारेपछि कोठा सजावटमा पर्दा र कार्पेटको सही छनोट गर्न सकिए यसको सौन्दर्य झनै बढ्न सक्छ । कोठाको भुइँमा आम्दानीअनुसार कार्पेट प्रयोग गर्न नसकिए पनि झ्यालमा पर्दा हुनु अनिवार्य मानिन्छ । यसले कोठाको शोभामा मात्र फरक पार्दैन,  यसको प्रयोगले व्यक्तिगत गोपनीयताको रक्षा पनि गर्छ । यसले घरबाहिरको हल्लालाई कोठाभित्र आउनसमेत रोक्न सक्छ । पर्दा झ्यालमा मात्र नभएर ढोका, शौचालय, बाथरुम, थियटर, पार्टी प्यालेस, स्टेज, विवाहमण्डप विविध क्षेत्रमा प्रयोग गरिन्छ । यसले कोठामा धुवाँ, धुलो र सूर्यको सीधा प्रकाशलाई रोक्ने कार्य गर्दछ । पर्दाको प्रयोगका फाइदा विविध भए पनि यसको मुख्य कार्य कोठाको सजावट नै हो । पर्दा विभिन्न सामग्री, आकार, रंग, ढाँचामा बजारमा खरिद गर्न सकिन्छ । नेपालको सन्दर्भमा पर्दालाई यताउता सार्न हात र डोरीको प्रयोग गर्न हुन्छ । थियटरमा भने रिमोटद्वारा सञ्चालन हुने पर्दाको प्रयोग हुन्छ । झ्यालको साइजअनुसार पर्दाको आकार, साइज, प्रकार र वजनअनुसुार फरक–फरक हुन्छन् । विजया फर्निसर्सका प्रोप्राइटर नारायणप्रसाद कायस्थका अनुसार पर्दा कार्यालय प्रयोग र घरायसी प्रयोग गरी दुई किसिमका हुन्छन् । कार्यालय तथा कर्पोरेट भवनमा प्रयोग गरिने पर्दा प्रयोगको हिसाबले अफिस तथा कार्यालयमा प्रयोग हुने कार्पेट विभिन्न ब्रान्ड र प्रकारमा बजारमा उपलब्ध छन् । जस्तै, भर्टिकल ब्लाइन्ड, भेनेसियन ब्लाइन्ड, रोलर ब्लाइन्ड, बम्बो ब्लाइन्ड  र फ्लेस ब्लाइन्ड आदि । यी पर्दा विभिन्न आकर्षक डिजाइन र विभिन्न सामग्रीमा उपलब्ध छन् । घरायसी प्रयोग हुने पर्दा विशेषगरी कपडा नै हुन । नेपालमा उपलब्ध हुने कपडा धेरैजसो चिनियाँ नै मुख्य हुन् । चिनियाँ कपडा बढी चम्किलो र देख्दा आकर्षक हुने भएकाले पनि पर्दा राख्नेहरूको रोजाइमा परेको देखिन्छ । चिनियाँ कपडाको चौडाइ फराकिलो हुने हुँदा कम लागत पर्छ । त्यसैगरी बजारमा भारतीय र नेपाली कपडा पनि उपलब्ध छन् । नेपालमा चिनियाँपछि भारतीय कपडाको प्रयोग बढी हुन्छ । बजारमा नेपाली कपडाका पर्दा पनि उपलब्ध छन् । नेपाली कपडामा विशेषगरी सुती र कटन मुख्य हुन् । अन्य कपडामा सिलिकन, पोलिस्टर, साटन, नेट (जाली भएको) आदि प्रमुख हुन् । हाल बजारमा रोलवाथान कपडाको चलनचल्तीभन्दा बढी तयारी (रेडिमेड) पर्दाको प्रयोगमा वृद्धि भएको छ । तयारी पर्दामा प्रायः चिनियाँ मुख्य छन् । यी पर्दा ४, ५, ६ ७, ८, ९ र १० फिट गुणा उचाइँ ७ फिटमा बजारमा उपलब्ध छन् । अहिले झ्यालका साइजअनुसार पर्दा किन्न सकिने विजया फर्निसर्सका प्रोप्राइटर नारायणप्रसाद कायस्थ बताउँछन् । झ्यालमा प्रयोग गरिने उपकरण पर्दा झुन्ड्याउन रिङ, रड, स्प्रिङ तार, पाइप प्रयोग गरिन्छ । पर्दा यताउता सार्न रिङको प्रयोग गरिन्छ । रिङ विभिन्न डिजाइन र बनावटमा खरिद गर्ने सुविधा ग्राहकलाई छ । झ्यालको साइजअनुसार तयारी पाइप पाइन्छन् । बजारमा उपलब्ध हुने पाइपमा पीभीसी पाइप, आल्मुनियम पाइप, फेन्सी पाइप, काठको पाइप र स्टिलका पाइप प्रमुख हुन् । नेपालमा बढी प्रयोग हुने पाइप विशेषगरी पीभीसी र आल्मुनियम हुन् । कोठा भाडामा बस्ने र पर्दा झिकेर अन्यत्र सार्नुपर्ने अवस्थामा स्प्रिङ तार उपयुक्त हुन्छ । कोठा सजावटमा कार्पेटको प्रयोग कोठा सफा, सुग्घर र चिसोबाट बचाउन कार्पेट प्रयोग गरिन्छ । उभन, निडल फेल्ट, नोटेड, टफटेड, नाइलन, पोलिप्रोपाइलिन,  ऊन र ऊन ब्लेन्डस्, पोलिस्टर,  एक्रिलिकजस्ता कार्पेट विश्वभर नै प्रचलनमा रहेका छन् । नेपालमा भने उपलब्ध कार्पेट विशेषगरी पीभीसी (टाट), नाइनल र टफटेड आदि प्रमुख छन् । पीभीसी कार्पेटको मोटाइ ३ मिमिदेखि ६ मिमिसम्मको हुन्छ । चौडाइ भने प्रायः सबै कार्पेटको २ मिटर हुन्छ । पीभिसी कार्पेट मूल्यमा सस्तो, वाटर प्रुफ, सफा गर्न सजिलो हुन्छ । नेपालमा बढी प्रयोग हुने कार्पेट नाइनल हो । यसको मोटाइ ४ मिमिदेखि ५ मिमिसम्मको हुने भएकाले यसलाई साधारण कार्पेट भनिन्छ । यसको प्रतिमिटर मूल्य करिब ५ सय रुपैयाँसम्म पर्छ । सबैले किन्न सक्ने साधारण मूल्य भएका कारण सर्वसाधारणले यही कार्पेट प्रयोग गर्छन् । महँगो भएका कारण सर्वसाधारणको पहुँचभन्दा बाहिर छ, टफटेड कार्पेट । यसको बजार मूल्य प्रतिमिटरको २ हजारदेखि ५ हजारसम्म पर्छ । यसको मोटाइ ८ मिमिदेखि १२ मिमिसम्म हुन्छ । यसैले यस कार्पेटको प्रयोगकर्ता सर्वसाधरणभन्दा भीआईपी, कार्यालय, होटल आदि प्रमुख हुन् ।