भोट हाल्न गाउँ फर्किदै मतदाता

सल्यान : स्थानीय निर्वाचनमा मत दिन मतदाताहरू गाउँ फर्कन थालेका छन्। संघीयता कार्यान्वयनसँगै दोस्रोपटक यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न भारतबाट घर फर्कन थालेका हुन्।रोजगारीका लागि भारतका विभिन्न स्थानमा पुगेका सल्यानी मतदान गर्न घर फर्कन थालेका छन्। गाउँका प्रतिनिधि चयन हुने निर्वाचन भएकाले आफ्ना माग जतिवेला पनि राख्न सकिने हुँदा मतदान गर्न घर फर्किएको भारतबाट फर्किएका नारायण वलीले बताए। गाउँघरको विकास र सुविधा ल्याउन सक्नेलाई जिताउने आफूहरूको योजना रहेको उ