कर्णालीबाट गठबन्धनका उम्मेद्वार विजयी

सुर्खेत – राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशबाट पाँच दलीय गठबन्धनका उम्मेद्वार विजयी भएका छन्। बुधबार भएको मतदानमा वाम लोकतान्त्रिक गठबन्धनका विभिन्न कलष्टरका उम्मेदवारहरु विजयी भएका हुन्। जसमा माआवादी केन्द्रबाट उम्मेद्वार बनेका नरबहादुर विष्ट, नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका दुगौ गुरुङ र समाजवादीको तर्फबा उम्मेद्वार बनेका उदयबहादुर बोहरा निर्वाचित भएका छन्।

सम्बन्धित सामग्री

यी हुन् एमालेका विजयी ५ उम्मेद्वार

काठमाडौँ : आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतपरणाम आउने क्रम जारी छ । प्रतिनिधिसभा अन्तर्गत हालसम्म एमालेका ४० जना उम्मेदवारहरुले मतगणनामा अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार निर्वाचनमा हालसम्म नेकपा एमालेका ५ जना उम्मेदवार विजयी भएका छन् । गुल्मीको २ मा एमालेका उम्मेदवार गोकर्ण विष्ट विजयी भएका छन् । उनले नेकपा एकीकृत समाजवादीकी नेतृ […]

मुस्ताङको लोमान्थाङमा एमाले विजयी

काठमाडौँ- मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । एमालेका टसी गुरुङले कांग्रेस उम्मेद्वार टसी नुर्वु गुरुङलाई पराजित गरेका हुन्। टसीले ६ सय ६८ मत पाउँदा टसीनुर्बुले ५ सय १४ मत ल्याएका छन्। उता उपाध्यक्षतर्फ एमालेकै छिमी विष्टले कांग्रेसकी छिरिङ ढोका गुरुङलाई हराइन्। छिमीले ६३२ मत पाउँदा छिरिङले ५३८ मत पाएकी छिन् । […]

कांग्रेस कैलालीको जिल्ला सभापतिमा भट्ट विजयी

कैलालीः नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। बिहीबार भएको दोस्रो चरणको निर्वाचनबाट प्रकाश बमलाई पराजित गर्दै संस्थापनका उम्मेदवर भट्ट विजयी भएका हुन्। पहिलो चरणमा दुई संस्थापनका उम्मेद्वार चुनावी मैदानमा थिए। यस्तै नेता शेखर कोइराला प्यानलका उम्मेद्वार पनि चुनावी मैदानमा थिए। दोस्रो चरणमा शेखर प्यानल बाहिरिएपछि संस्थापनकै…

मधेश प्रदेशमा महिलातर्फ अर्याल विजयी

जनकपुरधामः राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशको महिलातर्फ सत्तारुढ गठबन्धनका उम्मेद्वार उर्मिला अर्याल विजयी भएकी छन्। गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेद्वार बनेकी अर्यालले नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेद्वार रुपाकुमारी यादवलाई पराजित गरेकी हुन्। अर्यालले ६ हजार १५६ मतभार ल्याइन्। यादवले दुई हजार ७५४  मतभार पाइन्।

बागमती प्रदेशमा गठबन्धनका दुवै उम्मेद्वार विजयी

हेटौँडा – बागमती प्रदेशमा पाँच दलीय गठबन्धनले जित हासिल गरेको छ। बुधबार भएको राष्ट्रियसभा सदस्य चुनावमा महिलातर्फ गठबन्धनबाट उम्मेद्वार बनेकी समाजवादीकी गोमादेवी तिमिल्सिना र अन्यतर्फ गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन्। प्रतिस्पर्धी एमालेले महिलामा निरकुमारी कुँवर र अन्यमा गोपाल शाक्यलाई उम्मेद्वार बनाएको थियो। निर्वाचन आयोगका अनुसार तिमल्सिनाले स्थानीय तहतर्फ ११६ पालिका प्रमुख तथा उपप्रमुख […]

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धनका तीनै उम्मेद्वार विजयी

बुटवल : लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका सबै उम्मेद्वार विजयी भएका छन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)का राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन्। उनीहरुले एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन्। मतपरिणाममा गठबन्धनका…

लुम्बिनी प्रदेशमा तीन जना गठबन्धनका उम्मेद्वार विजयी

दाङ – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा भएको मतदानमा सत्तारुढ गठबन्धन पक्षीय उम्मेद्वार विजयी भएका छन्। बुधबार भएको मतदानबाट एकीकृत समावादीकी राजेन्द्रलक्ष्मी गैरे, जनमोर्चाका कुलप्रसाद विश्वकर्मा र कांग्रेसका युवराज शर्मा विजयी भएका छन्। औपचारिक रुपमा घोषणा हुन बाँकी रहेको मतगणनाको परिणाम अनुसार गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन्। एमालेका उम्मेदवारले ३३१२ मतभार पाएका छन्। […]

थारु क्लष्टरका चारै सदस्यमा देउवा प्यानलका उम्मेद्वार विजयी

काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय सदस्यको थारु क्लष्टरतर्फको चार सदस्यमा पनि सभापति शेरबहादुर देउवा प्यानलका उम्मेद्वार विजयी भएका छन्। थारु क्लष्टरको खुला र महिला दुबैमा देउवा प्यानल हाबी भएको हो।  खाुलातर्फ योगेन्द्र चौधरी र रामजनम चौधरी विजयी भएका छन्। दुबै विजय गच्छदार नेतृत्वको फोरमबाट कांग्रेसमा आएका हुन्। योगेन्द्रले २१९८ मत पाएका छन्।…

बारामा देउवा खेमा हाबी : चार वटै क्षेत्रमा देउवा पक्षका उम्मेद्वार विजयी

वीरगंज : बारामा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनमा चार वटै क्षेत्रमा देउवा पक्षका उम्मेद्वार विजयी भएका छन्। विभिन्न स्थानमा सर्वसम्मतमै अधिवेशन भइरहँदा बाराका चार वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनमा निर्वाचन भएको हो। मत परिणाम अनुसार क्षेत्र नम्बर १ को सभापतिमा विजय शंकर यादव विजयी भएका छन् भने क्षेत्र नम्बर २ मा…