नुवाकोट काँग्रेसमा केसी समूह पराजित, सबै क्षेत्रमा महत पक्ष विजयी

नेपाली काँग्रेस नुवाकोटको प्रदेश क्षेत्रको अधिवेशनमा केसी समूह पराजित भएको छ । केन्द्रमा देउवा समूह र पौडेल समूह भएपनि नुवाकोटमा केसी (अर्जुननरसिंह केसी)  र महत (रामशरण महत–प्रकाशशरण महत) समूह रहेकोमा अधिवेशनमा महत समूहले बाजी मारेको हो । मतपरिणाम अनुसार नुवाकोट निर्वाचन क्षेत्र नं ‘१’ को प्रदेश सभा (क) को निर्वाचनमा केसी समूह पराजित भएको छ । अर्जुननरसिंह केसीका स्वकिय सचिव सरोज केसीलाई हराउँदै सुशील खड्का विजयी भएका हुन् ।  त्यस्तै प्रदेश सभा (ख) मा पनि केसी समू