धनगढी : कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनीहरूले मनोनयन दर्ता गराएका हुन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि एमालेका नारदमुनि राना, क्षेत्र नम्बर ५ को प्रदेश सभा क बाट नेपालु चौधरी र क्षेत्र नम्बर ५ को ख बाट दुर्गा जोशीले मनोनयन दर्ता गरेका छन्।उनीहरूले लोकतन्त्रको रक्षा र देश विकासका लागि आफूहरू चुनाव लडिरहेको बताएका छन्। आगामी मंसिर ४ गते संसदीय निर्वाचन हुदैछ। न