धारा ७६ (५)को प्रयोग राष्ट्रपतिको स्वविवेकीय अधिकार हो, त्यस प्रश्नमा उजुरी लाग्दैन– प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५)को प्रयोग राष्ट्रपतिको स्वविवेकीय अधिकार भएको दाबी गर्दै त्यस प्रश्नमा उजुरी नलाग्ने बताएका छन् ।  संविधानमा राष्ट्रपतिको अधिकार त्यति मात्र रहेको र राष्ट्रपतिले भरपर्दो आधार नदेखेर वैकल्पिक सरकार बन्न नसकेको ओलीको दाबी छ । एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारीको कार्यक्रमलाई बालुवाटारमा सम्बोधन गर्दै ओलीले धारा ७६ (५) अनुसारको सरकार बन्ने ठोस आधार भए/नभएको ठहर गर्ने कुरा राष्ट्रपतिले मात्र गर्न सक्ने विषय भएको बताएका हुन् ।  ‘धारा ७६ (५) अन्तर्गतको सर...