अबको केहि दिन यी स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

आगामी केहि दिन नेपालमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मनसुन बुलेटिन जारी गर्दै भारी वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको हो ।विभागका अनुसार यस वर्षको मनसुन प्रणाली २०७९/०२/२२ मा नेपालको प्रदेश नं १ मा आगमन भई २०७९/०३/१२ गते  सम्म आइपुग्दा सुदुर पश्चिम प्रदेशमा प्रवेश गरे संगै देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय भएको छ।  साथै मंगलवार देखि बिहिवार सम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आईपुग्ने संभावना रहेकोले मनसुन थप सक्रिय हुने देखिएको छ।यसको प्रभावले गर्दा मंगलवार देखि बिहिवार सम्म देशभर सामान्य देखि पूर्णतया बदली रही मंगलबार देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।मंगलबार राती देखि बुधबार प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी धेरै स्थानहरुमा मध्यम वर्षा/झरी भई केही स्थानहरुमा भारी बर्षा र थोरैस्थानहरुम धेरै-भारी वर्षाको सम्भावना रहेको छ । सदुर-पश्चिम प्रदेशका अधिकाशं स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई यस प्रदेशका तराई भूभागका थोरै स्थानहरुमा भारी बर्षाको समेत संभावना रहेको छ। कर्णाली प्रदेशका अधिकाशं स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई एक-दुई स्थानमा भारी बर्षाको समेत संभावना रहेको छ।बिहिवार गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । बांकी प्रदेशहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको छ।तसर्थ मंगलबार देखि बिहिबार सम्म देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरुमा विभागले अनुरोध गरेको छ। 

सम्बन्धित सामग्री

असिनापानीसहित भारी वर्षा

बागमती प्रदेशको राजधानी हेटौँडा र यसको आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ । हावाहुरीसहित आएको असिनापानीले विभिन्न ठाउँमा क्षति पुर्याएको छ । हावाहुरी र चट्याङसमेत आएकाले जनजीवन प्रभावित भएको छ ।...

पूर्वमा हल्का र पश्चिममा भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ । पाल्पामा सबैभन्दा बढी १४३ मिलिलिटर वर्षा भएको छ । त्यसपछि लुम्बिनीको रुपन्देहीमा ११९ मिलिलिटर वर्षा भएको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेको छ । बागमती र अन्य प्रदेशमा मध्यम तथा हल्का वर्षा भइरहेको छ ।“देशभर पानी परेको छ, मौसममा बदली भएको छ, पश्चिममा भारी वर्षा भइरहेको छ”, उनले भने,

ढाकामा भारी वर्षा

बंगलादेशको राजधानी ढाकाका भारी वर्षा भएको छ । बुधबार भएको भारी वर्षाका कारण होचो क्षेत्रका रहेका बस्ती जलमग्न बनेका छन् । वर्षाका कारण सडक यातायात अवरुद्ध भएको त्यहाँका संचार माध्यमहरूले जनाएका...

सिन्धुपाल्चोकमा भारी वर्षा

सिन्धुपाल्चोक :  जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको चौतारा, काभ्रेपलाञ्चोकको पाँचखाल, खोपासी र आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको छ।पछिल्लो एक घण्टामा खोपासीमा ४५.२ मिलिमिटर वर्षा भएको छ्। त्यस्तै चौतारामा ४४ तथा पाँचखालमा ३०.४ मिलिमिटर वर्षा भएको छ। वर्षा भइरहेका स्थानका चाँखोला, झिकुखोला, रोशी खोला, इन्द्रावती लगाएत सो क्षेत्र भइ बहने स–साना नदीहरूमा बहाव बढ्ने भएकाले उच्च सतर्कता अपनाउन अपिल गरिएको छ।

दैलेखको ग्वाँटीमा भारी वर्षा

दैलेखको ग्वाँटी र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा ग्वाँटीमा ८७.६ मिलिमिटर र कट्टीमा ४१.८ मिलिमिटर वर्षा भएको छ ।  अत्यधिक वर्षा मापन...

काठमाडौं उपत्यकामा भारी वर्षा, बागमतीमा बाढी आउनसक्ने

काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ । त्यसमा पनि काठमाडौंको धाप र सुन्दरीजल तथा भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  सबैभन्दा...

वर्षकै भारी वर्षा

दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिए अनुसार सरदरकै आसपासमा वर्षा भएको थियो । तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको जल तथा मौसम  विज्ञान विभागको जलवायु विश्लेषण शाखाले औँल्याएको छ । शाखा प्रमुख मौसमविद् इन्दिरा कँडेलका अनुसार १३ वटा वर्षा मापन केन्द्रमा अति भारी वर्षा  भएको देखिएको छ । अति भारी वर्षा रेकर्ड भएका स्थान पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु,सिन्धुली,चितवन  र धन

लगातार तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने जनाएको छ। आज प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाको छ। भोलि आइतबार प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशमा नै भारी वर्षा हुनेछ। सोमबार पनि प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ।

भारी वर्षा शनिबारसम्मै कायम रहने

१७ असार, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ । मध्यमदेखि भारी वर्षा शनिबारसम्मै कायम रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका […]