बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता कायमै राखेको छ । मंगलबार दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले २ गोल गरेको हो । नेपालले १८ औं र २६ औँ मिनेटमा गोल गरेको हो । अहिले पहिलो हाफको खेल २–० गोल अन्तरमा चलिरहेको छ । नेपाली टोलीमा किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ , विमल घर्तीमगर र अन्जन विष्ट रहेका छन् ।