संसद भवनबाहिर सुरु भयो एमसीसी विरोधी प्रदर्शन

१२ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरेको विरोधमा बिहीबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका राजनीतिक दलका भ्रातृ संगठनले नै नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनको नेतृत्व गरेका छन् । संसद भवन केन्द्रित प्रदर्शनलाई प्रहरीले एभरेस्ट होटल अगाडि रोकेको छ । त्यहाँ प्रहरीले सडक बन्द […]

सम्बन्धित सामग्री

बानेश्वरमा एमसीसी विरुद्ध प्रदर्शन जारी, तस्बिरहरु

आज बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसी परियोजनासम्बन्धी सम्झौता पारित गर्ने तयारी भइरहँदा नयाँ बानेश्वरमा एमसीसी विरोधी प्रदर्शन जारी रहेको छ । एमसीसीविरोधी प्लेकार्डसहित यतिबेला मानिसहरू सडकमा नाराबाजी गरिरहेका छन् ।यता एमसीसी विरुद्धको प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।