सम्पादकहरूसँग प्रचण्ड : माधव र बाबुरामसँग एकताबारे छलफल हुँदैछ

काठमाडौं : नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी एकताबारे प्रयास भइरहेको बताएको छ।शनिबार सम्पादकहरूसँगको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताका लागि नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग छलफल भइरहेको बताएका हुन्।प्रचण्डले भने, ‘माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँगै छौँ, भोलिका दिनमा चुनावी मोर्चा गर्ने कि पार्टी एकता गर्ने भन्‍नेबारे छलफलहरू चलिरहेका छन्।’प्रचण्डसँग बाबुराम