नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि

काठमाडौं : सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गरी उपलब्ध गराउने निर्णय गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गरी उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।