मूल्यबृद्धि स्वभाविक : दाना उद्योग संघ

कच्चापदार्थहरुको मूल्य बढेसँगै पशुपंक्षि को आहारमा प्रयोग हुने दानाको मुल्य पनि बढेको छ । दाना बनाउने कच्चापदार्थ मकै, भटमासको पिना, औषधीहरु, कच्चा तेल तथा फिड सप्लिमेन्टहरुको मुल्य वृद्धिबाट उत्पादन लागत बढेको नेपाल दाना उद्योग संघले जनाएको छ । दाना बनाउन आवश्यक पर्ने फिड सप्लिमेन्टहरुमा २५ देखि ३० प्रतिशत वृद्धि भएको छ ।विगत २ महिनादेखि १०० रुपैयाँ प्रति के.जी रहेको भटमास पिना ११५ रुपैयाँ पुगेको छ । त्यस्तै, ३८–३९ रुपैयाँ रहेको मकैको मूल्य ४७ रुपैयाँ प्रति के.जी पुगेको छ । जसको