ओली पक्षले सुनसरीमा समानान्तर कमिटी बनाएको हो, बैधानिक अध्यक्ष बस्नेत हुन्

सुनसरी जिल्लामा नेकपा एमालेको वैधानिक अध्यक्ष रेवतीरमण भण्डारी हुन् कि रमेश बस्नेत भन्ने विवाद बाहिर आएको छ । एमाले सुनसरी जिल्लाको अधिवेशन २०७० सालमा सम्पन्न भएको थियो । र, त्यो अधिवेशनले रेवतीरमण भण्डारीलाई जिल्ला अध्यक्ष छानेको थियो । तर, अहिले वैधानिक अध्यक्ष रमेश बस्नेत नै हुन् ।२०७१ सालमा पार्टीको नवौं राष्ट्रिय महाधिवेशन भयो । सो महाधिवेशनमा तत्कालीन जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले केन्द्रीय लेखा समितिमा उम्मेदवारी दिनुभयो । एमालेको विधानले के भन्थ्यो भने कुनै पनि तहको नेतृत्वले आफूभन्द