साउन २७ गतेभित्र पार्टी सदस्यता नवीकरण गरिसक्ने एमाले बैठकको निर्णय

नेकपा(एमाले)ले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समय सीमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले बताए ।उनले भने– ‘स्थायी कमिटीको बैठक जारी छ । भोली पनि बैठक हुन्छ । आज हामीले पार्टी सदस्यतालाई नवीकरण गर्ने र अद्यावधिक गर्ने समय सिमा तय गर्या छौँ । पहिले नै निर्देशन दिइसकेको हो । अब साउन २३ गतेभित्र सबै ठाउँ