महाधिवेशनको मौसम

अर्थतन्त्र धरमराएपछि अर्थमन्त्री बर्बराएका बर्बरायै छन् । यसै त मूल्यवृद्धि, त्यसमा पनि वित्तीय प्रणालीमा पैसाको अभाव । अनि चालू खाता घाटा, बढ्दो भुक्तानी असन्तुलन, घट्दो रेमिट्यान्स, बढ्दो राष्ट्रिय ऋण लगायत सबै तथ्यांकले अर्थतन्त्र धरमर देखाएपछि अर्थमन्त्री नर्बराए को बर्बराउँछ त ? त्यसोभए अहिलेको आर्थिक डामाडोलको कारण के हो त ? वर्तमान सरकार पूर्ववर्ती सरकारहरूतिर औंला ठड्याउँछ । पहिले पहिलेका सरकारहरूले पनि त्यसै गर्थे । फेरि अहिलेका हाम्रा अर्थमन्त्रीलाई अर्थशास्त्र थाहा छैन रे । अर्थशास्त्र पढ्ने बेला अनर्थशास्त्र पढ्दै बम–बारुदका धन्धामा लागेपछि थाहा पनि कसरी होस् त ? भनेपछि अर्थतन्त्रका समस्याहरूको पहिचान र समाधानको योजना प्रस्तुत गर्ने जिम्मेवारी अब कर्मचारीतन्त्रमा पुग्यो होला । मन्त्रीको काम त भाषण गरेर शासन गर्ने न हो । हुन पनि मन्त्रीले काम गर्न पर्र्ने भए कर्मचारीहरूको आवश्यकता किन पर्‍यो र ? हैन्त मन्त्रीज्यू ? सामन्तवादी युगमा आम मानिसले आफ्नो प्रतिनिधि चुन्न पाउँदैनथे । तर यहाँ संसदीय व्यवस्थाले प्रतिनिधि छान्न त पाउने, तर जनताले चैं कहिल्यै क्यै नपाउने बनाइएको छ । छन त संसदीय व्यवस्था सामन्तवादी परिपाटीका तुलनामा प्रगतिशील थियो । तर संसदीय खोलमा शासन व्यवस्था नै झोल बनाए केही सीमित झोलेहरूले । एकथरी विद्वान्हरू लगातार मुलुकको ऋणको भार थपिने क्रम बढेको छ भनेर चिन्ता गर्छन् । तर के को चिन्ता ? ऋण तिर्ने ऋण दिन विश्व बैंक वा अन्तरराष्ट्रिय मुद्रा कोष जस्ता साहूहरू तयारै छन् । बाँकी अपुग नेपाली जनताले दिइरहेकै छन् । सरकार सरकारजस्तो छैन, संसद् संसद्जस्तो छैन, अदालत अदालतजस्तो छैन भनिरहेका छन् स्वयं नेताहरू । त्यसो त बजार पनि बजार जस्तो छैन नि, चाहे शेयर बजार होस् वा अरू बजार । पूँजीबजारको प थाहा नभएका नेताले फू गर्दैमा गल्र्यामगुर्लुम ढल्ने पनि के को बजार ? यसैबीच राजनीतिक दलहरूको भने बजार खुब चलेको छ, जसलाई उनीहरूले महाधिवेशन भन्छन् क्यारे । बजार भएपछि किनबेच त हुने नै भयो । यसलाई कत्तिले बा–अधिवेशन, दाइ–अधिवेशन र गाई–अधिवेशन भनेका छन् । महाधिवेशनमा राजनीतिक विचारको मन्थन, नीतिगत बहस र नीतिका आधारमा नेतृत्व छनोटमा केन्द्रित हुनुपर्ने हो । तर, सबैजसो राजनीतिक दलका अधिवेशन भने पार्टीका बा–नेताले आफू र अरूलाई छानेको सूची अनुमोदन गर्ने वा कुनै दाइको चयन गर्नमै सीमित भएछ । त्यसैले यी महाधिवेशनलाई ‘भाते भेला’ पनि भन्दा रेछन् । देशभरिबाट प्रतिनिधि आउने, नेताका भाषणमा ताली पिट्ने, मासु–भात खाने र तोकिएका नेतालाई भातको बदलामा भोट दिएर फर्कने । सूर्य पार्टीका एक भक्तलाई मैले सोधेँ, ‘हिजोआज तपाईंको पार्टी बार्दलीबाट आकाशतिर मात्र हेरेर किन टोलाइरहन्छ हँ ? अहिले तपाईंको पार्टीको खुट्टा जमिनमा छैन कि क्या हो ?’ उनले भने, ‘हाम्रो आठ ज को नारा सुन्नु भा छैन र ? अझ हाम्रो पार्टीको जति जग्गा र जमिनमा लगानी त कसैको पनि छैन ।’ मैले बल्ल कुरा बुझेँ । बा को अधिवेशनमा नयाँ सूर्य उदाउने कुरा पनि आएछ । त्यो नयाँ सूर्य स्वदेशी होला कि पहिलेजस्तै रूस, चीन वा उत्तर कोरियातिरबाट उदाउने होला ? नयाँ सूर्य आएपछि अहिले अलिअलि लहराइरहेको रूखको के होला, अझ झ्यांगिएला कि ओइलेर जाला ? त्यस्तै, हिजो रूख काटिहिँड्ने तर अहिले रूखमै अड्किएका हँसिया हथौडाहरूले के गर्लान् ? जे होस्, के ठूला के साना, सबै दलहरूमा चुनावी कम्पन शुरू भएको छ । संसद्, स्थानीय तह तथा प्रदेश चुनावको । ठूला र पहिले शासन गरेकाहरू फेरि पार्टीबाट टिकट कसरी फुत्काउने र जित्ने भन्ने ध्याउन्नमा होलान् । साना दल पनि ठूलासँग लेनदेन गरेरै भए पनि एकाध सिट जित्ने च्याँखे दाउमा होलान् । पहिले टिकट नपाएका वा चुनाव हरुवाहरू अब कसरी पार लाग्ने भन्ने जुक्ति खोज्दै होलान् । पहिलेको चुनावमा लागेको ऋण अझै तिर्न नसक्नेहरू चाहिँ अब के गर्ने भनेर सोचमग्न होलान् । संसदीय राजनीतिका खेलाडीहरूका निम्ति चुनाव आफ्नो प्रगतिको एक खेल हो । आम जनतालाई भने चुनाव आफ्नो पेशा वा व्यवसायमा कसरी टिक्ने भनेर आशैआशाको भेल हो । चुनाव समाजका हर्ताकर्ताहरूका निम्ति एउटा प्रपञ्च होे । आम मानिसका लागि भने जिन्दगीको उमेर घटाउँदै जाने केवल एउटा मञ्च हो । चुनावको तारतम्य जनताकोे रुचिबाट बन्दैन, यसबाट फाइदा लिने हर्ताकर्ताहरूको हित हेरेर बन्छ । निर्वाचन आयोग मतदाता नामावली संकलन गर्छ । सरकारले पनि बजेट छुट्याइदिन्छ र मिति घोषणा गरिदिन्छ । बस्, मिडियाललाई खुराक पुगिहाल्छ । सबैबाट चुनावको धूँवाधार प्रचार शुरू हुन्छ । के गाउँ के शहर, खाइलाग्दा खान पाउने मान्छेहरू चुनावबारे बोल्न थाल्छन् । राजनीतिक दलहरू पनि समाजसेवी अवतारमा प्रकट हुन्छन् । अनि नेता खेतमा धान काटेको नाटक गर्न थाल्छन् । गरिबको घरमा गएर खाएको फोटो फेसबुकमा हाल्न भ्याउँछन् । आम जनतामा फेरि भ्रम शुरू हुन्छ । दशकौंदेखि मतदान गरिरहँदा पनि आफ्नो जीवनमा आधारभूत परिवर्तन कहिल्यै नभएको बिर्सन्छन् र फेरि चुनावमा होमिन्छन् । दलहरू त चुनावकै मौका कुरिरहन्छन् । आफूले हिजो गरेका कामले नै यो पृथ्वी थामिएको जस्तो फुक्न थाल्छन् । आउँदोे चुनावमा आफू निर्वाचित भए सबैको जीवनमा कायापलट गरिदिने वाचा गर्छन् । तर निर्वाचित भएपछि फेरि सबै थोक बिर्सिन्छन् । जनताको करबाट उठेको पैसा आफूखुशी खर्च गर्न थाल्छन् । ‘देश जाए भाडमे’, आफ्नो निर्वाचन क्षेत्रमा पैसा खन्याउने हो, आफ्ना भाइ–भतिजालाई पीए र सल्लाहकार बनाउने हो । यसरी लोकतन्त्रमा लोकमाथि चुनावी तन्त्र यसरी सवार छ कि चुनावको परिणाम एक दिन आउँछ, तर दुष्परिणाम वर्षौंसम्म आइरहन्छ । निर्वाचन विचारमा आधारित प्रणाली हो । तर त्यहाँ विचारलाई बिचरा बनाइएको छ र केवल बलशालीहरूको बकवास मात्र बाँकी छ । सामन्तवादी युगमा आम मानिसले आफ्नो प्रतिनिधि चुन्न पाउँदैनथे । तर यहाँ संसदीय व्यवस्थाले प्रतिनिधि छान्न त पाउने, तर जनताले चैं कहिल्यै क्यै नपाउने बनाइएको छ । छन त संसदीय व्यवस्था सामन्तवादी परिपाटीका तुलनामा प्रगतिशील थियो । तर संसदीय खोलमा शासन व्यवस्था नै झोल बनाए केही सीमित झोलेहरूले । कम्तीमा पचास लाख खर्च गर्न नसक्नेले अहिले गाउँपालिका, नगर प्रमुख वा प्रदेश सांसदको उम्मेदवारै बन्न नसक्ने परिस्थिति निर्माण गरिएको छ । संघीय निर्वाचनमा त कम्तीमा एक करोड जोहो गर्न नसक्नेले जितको त कुरा छाडौं, चुनावै लड्न नसक्ने बनाइएको छ । त्यो पैसा कहाँबाट आउँछ ? त्यो त लगानी पो हो त । जसले भोलि देश लुट्न सक्छ, उसैले लगानी गर्छ । यही कारण त हो, चुनावअगाडि र पछाडि बजार भाउ खपिनसक्नु बढ्छ । तर यो स्वाभाविक नै हो भनेर मान्नुपर्ने हुन्छ । किनकि हामी अहिले वैश्ययुगमा छौं र यो बेला महाधिवेशन र चुनावको मौसममा छौं । त्यसैले ल है ! यो कुरा बुझ्नू, अनिमात्र चुनावतिर कुद्नू नि !

सम्बन्धित सामग्री

नेपालको कान्छो जिल्लाबाट एमाले जिल्ला अधिवेशन नियाल्दा

राजनीतिक दलहरूको महाधिवेशनको मौसम सकिएको छ । सबैको ध्यान केन्द्रीय गतिविधितिर बढी केन्द्रित भइरहेको छ । महाधिवेशनसँग जोडिने जिल्ला अधिवेशनबारे भने धेरैको चासो गएको देखिंदैन । यहाँ भने जिल्ला अधिवेशनको आँखाबाट राजनीतिलाई नियाल्ने प्रयास गरेको छ । खासगरी, गत हप्ताको नवलपुरको राजनैतिक परिदृश्य माथि विवेचना गर्न मन लाग्यो । खासगरी नेकपा एमालेको जिल्ला अधिवेशन र […]

महाधिवेशनहरूप्रतिको जनअपेक्षा

कांग्रेसको १४औँ महाधिवेशनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कसरी गर्नुपर्छ भन्ने मानक नै प्रस्तुत गर्‍यो लाग्छ, नेपालमा यतिवेला राजनीतिक दलहरूको महाधिवेशनको मौसम आएको छ । हेर्दाहेर्दै माले, एमाले, राप्रपा र कांग्रेसका महाधिवेशन सकिए । अरूको...

इतिहासको कठघरामा नेपाली कांग्रेस : खुरुखुरु बयान दिने कि चूपचाप उभिने ?

यतिखेर देशमा राजनीतिक दलका महाधिवेशनको मौसम आए जस्तो भएको छ । दलहरू धमाधम स्थानीय, प्रादेशिक अधिवेशन र राष्ट्रिय महाधिवेशन गर्दैछन् । अन्तरपार्टी लोकतन्त्रको सुदृढीकरण र समग्र लोकतन्त्रकै गुणस्तर अभिवृद्धिका लागि यो निकै सुखद परिदृश्य हो । बलिया, पारदर्शी र विधिसम्मत दलहरू लोकतन्त्रका आधारस्तम्भ हुन् । भर्खरै मंसीर १०-१३ चितवनको सौराहमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) […]

राप्रपा महाधिवेशनको सन्देश (सम्पादकीय)

मुलुकमा राजनीतिक दलहरूको महाधिवेशन मौसम नै चलिरहेको छ । केही दिनअघि नेकपा (एमाले)ले चितवनमा आयोजित महाधिवेशनमार्फत आफ्नो नेतृत्व चयन ग-यो । नेकपा (माओवादी केन्द्र) वडा तथा पालिका अधिवेशनमा व्यस्त छ । नेपाली काँग्रेस वडा, गाउँ, जिल्ला, प्रदेश अधिवेशन हुँदै १४औँ महाधिवेशनको सँघारमा छ । यस्तै वि.सं. २०४६ को बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् पूर्व पञ्च भनेर चिनिने समूहले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि पटक पटक टुट्दै फुट्दै जुट्दै एकता महाधिवेशनको रूपमा आफ्नो अधिवेशन नयाँ नेतृत्व चयनसहित आइतबार सम्पन्न गरेको छ ।

राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकतामा सहयोग गर्छ : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलका महाधिवेशनको मौसम चलेकाले तिनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन उद्घाटन समारोहलाई आज बुधवार काठमाण्डाैमा सम्बोधन गर्नुहुँदै उहाँले यसै हप्ता नेकपा (एमाले) को महाधिवेशन सम्पन्न भएको उल्लेख गर्नुहुँदै आफ्नो दल नेपाली कांग्रेस पनि अर्को हप्ता १४ औँ महाधिवेशनका तयारीमा जुटेको बताउनुभयो । सबै दलका महाधिवेशनले राष्ट्रिय महत्त्वका विषयमा साझा धारणा बनाउनुपर्ने प्रधानमन्...

महाधिवेशनको मौसम

यतिबेला राजनीतिक दलहरूको महाधिवेशनको मौसम चलेको छ । नेकपा (एमाले)को १०औं महाधिवेशन अहिले चितवनस्थित नारायणी किनारमा भइरहेको छ । निकट भविष्यमा नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौँमा तय भएको छ । नेकपा (माओवादी केन्द्र) को पनि तल्लो तहका अधिवेशन सुरु भइसकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन मंसिर १५ देखि …

महाधिवेशनको मौसम

यतिबेला राजनीतिक दलहरूको महाधिवेशनको मौसम चलेको छ । नेकपा (एमाले)को १०औं महाधिवेशन अहिले चितवनस्थित नारायणी किनारमा भइरहेको छ । निकट भविष्यमा नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौँमा तय भएको छ । नेकपा (माओवादी केन्द्र) को पनि तल्लो तहका अधिवेशन सुरु भइसकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन मंसिर १५ देखि …

महाधिवेशनको माहोलले तातिँदै चितवन, नेताहरूको आउजाउ बाक्लियो

चितवन– देशमा जाडो यामसँगै दलहरूको अधिवेशनको सिजन पनि सुरु भएको छ । मौसम चिसिँदै जाँदा अधिवेशनको माहोलले भने चितवन तातिँदै छ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन १०’१२ मंसिरसम्म चितवनमा हुँदै छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्लामा प्रदेशसभा क्षेत्रीय सभापतिदेखि जिल्ला सभापतिका लागि अधिवेशन हुँदै छ । नेपाली कांग्रेस चितवनको सभापतिका लागि १० मंसिरमा […]