संसद्भित्र प्रतिपक्षीको नाराबाजी, बाहिर सत्तापक्षकै आन्दोलन

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका छन् । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसद रोस्टम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै निरन्तर संसद्मा अवरोध गर्दै आएको छ । यहीबीचमा एमाले सांसद भीम रावलले एमसीसी पेस गर्न लगिएकोमा विरोध जनाएका छन् । यसअघि माओवादी प्रमुख सचेतक देव गुरुङले पनि सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय गर्नुपर्ने बताएका थिए । यस्तै नेमकिपाका सांसद प्रेम सुवाल, जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि एमसीसीको विरोध