कुलमान घिसिङको राजीनामापछि रिक्त भएका तीन मन्त्रालयको कार्यभार तोकिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ती मन्त्रालयको जिम्मेवारी विभिन्न मन्त्रीहरूलाई तोक्नुभएको हो। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई दिइएको छ। त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार […]
काठमाडौं जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडविरुद्ध विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत प्रकाशित तथा प्रशारण गरिएका लेख तथा समाचारहरू प्रथम दृष्टिमै झूटो, भ्रमपूर्ण र अनर्गल भएको ठहर गरेको छ। अदालतले यस्ता सामग्रीको थप प्रकाशन तथा प्रशारण नगर्न अन्तरिम आदेशसमेत जारी गरेको छ। खगेन्द्रराज कँडेल (रविन) लगायत व्यक्तिविरुद्ध दायर निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश रामचन्द्र खड्काको […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकनहरूको लागि घर किफायती बनाउने उद्देश्यका साथ ठूला कर्पोरेट लगानीकर्तालाई एकल-परिवारमा आधारित घर किन्न रोक लगाउने योजना अघि बढाउने बताएका छन्। सामाजिक संजालमा पोस्ट गर्दै ट्रम्पले भने, “अमेरिकामा घर स्वामित्वको सपना दिनानुदिन धेरैका लागि, विशेष गरी युवापुस्ताका लागि पहुँचबाहिर हुँदै गएको छ। मानिसहरू घरमा बस्छन्, कर्पोरेसनमा होइन।” उनले यस योजना कानूनी […]
काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदमा पराजित भएका नेता विष्णुप्रसाद रिमाल पुनः पार्टीको निर्णय प्रक्रियाको माथिल्लो तहमा फर्किएका छन्। अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ‘नीति तथा अनुसन्धान प्रतिष्ठान’ को कार्यविधि संशोधन गर्दै रिमालका लागि सचिवालय बैठकको ढोका खोलिदिएका हुन्। एमालेको ‘अन्तरपार्टी निर्देशन-१’ अनुसार प्रतिष्ठानको कार्यविधिमा महत्त्वपूर्ण परिमार्जन गरिएको छ। […]
२३ पुस, जनकपुरधाम । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिन लोसपा अध्यक्ष महन्थ ठाकुर आफ्ना पार्टी नेताकार्यकर्ताको सहारामा बुधबार दिउँसो करिब २: ३० बजेतिर जनकपुरको निर्वाचन कार्यालय पुगे ।
८३ वर्षीय ठाकुर …