काठ तस्करी बढ्यो, अवैध सालको काठ बरामद

बाँकेको दुर्गम र पिछडिएको मानिने नरैनापुर क्षेत्रमा सालको काठको अवैध तस्करी बढेको छ । अन्य क्षेत्रको तुलनामा सुरक्षा निकायको उपस्थिति र सक्रियता कम रहेको यस क्षेत्रमा तस्करी बढेको देखिएको हो ।

सम्बन्धित सामग्री

महोत्तरीको वन क्षेत्रबाट ५४ क्युफिट सालको चिरान काठ बरामद

जनकपुरधाम : महोत्तरीको बर्दिवास नगरपालिकाको दुर्गम इलाकाको वन क्षेत्रबाट अवैध सालको काठ तस्करी गर्न लागेको अवस्थामा पक्राउ गरिएको छ। बर्दिबास–११ खयरमारा स्थित बाँके र छोड्के दोभानबाट डिभिजन वन कार्यालय महोत्तरीले अबैध काठ सालको ५४ क्युफिट चिरान काठ बरामद गरेको हो। सर्लाही, महोत्तरी र सिन्धुलीको माझमा पर्ने राई दमार दुर्गम क्षेत्रबाट ९४ थान सालको चिरान कडी बरामद गरिएको हो। महोत्तरी जिल्लाको विकट गाउँ मानिने बाँके र छोड्के दोभानमा चुरिया वन क्षेत्रबाट बहुमूल्य सालका काठ कटान गरेर तस्करी भएर रहस्य खुलेको हो। ...