सरकारले आगामी वैशाख ५ गते विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण दिवस मनाउने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी ५ गते बुधबार विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानलाई सफल बनाउने गरी दिवसको रूपमा मनाउने तयारी गरिएको जानकारी गराएका हुन्। वैशाखदेखि असारसम्मको मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अभियानलाई…