ग्यास चुहिएर भएर घरमा आगलागी

दार्चुलामा खाना पकाउने ग्यास लिक (चुहिएर) भएर आगलागी भएको छ । महाकाली नगरपालिका –५ घट्टेखोलास्थित ओमकार पन्तको फुड गार्डेन रेष्टुरेन्टमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी

सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर १० खडगपुरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । सप्तरीको बोदेबरसाईन नगरपालिकाको वडा नं १० खडगपुर बस्ने खगेन्द्र यादवको घरमा बलिरहेको ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा लाखौंको धन सम्पति जलेर नष्ट भएको हो । आगलागीमा ८ क्विन्टल चामल २० क्विन्टल धान,  चना १ क्विन्टल, तोरी ४० किलो, साइकल १ थान, सिलिन्डर ३ थान (सानो, ठुलो), १ लाख ५० हजार नगद, सुन ३ तोला र चाँदी ३ किलो डढेर नष्ट भएको स्थानीयले बताएका छन्।एकैसाथ तीन सिलिन्डर पड्केर आगलागी हुँदा

पुतलीसडकको एक घरमा आगलागी

१९ असार, काठमाडौं । पुतलीसडकस्थित एक घरमा आइतबार साँझ आगलागी भएको छ । अहिले काठमाडौं महानगरपालिकाको दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । खाना पकाउने एलपी ग्यास लिकेज भएर आगलागी भएको बताइएको छ ।

रसुवाको भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिका–५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् । भोर्लेका ५८ वर्षीय कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जाेड्ने क्रममा पड्किएको हो । सिलिन्डर पड्किँदा उहाँकी ५० वर्षीया श्रीमती गोमा गोले घाइते हुनुभएको छ । घरमा आगलागी समेत भएको र क्षतिकाे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ग्यास विस्फोट भइ आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

चौतारा : खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो। स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आइतवार साँझ ७ बजे ग्यास विस्फोट भएको हो। घरमा आगलागी हुँदा…

बिरालोका कारण दक्षिण कोरियाका १ सय बढी घरमा आगलागी

बच्चाबच्चीले आगो खेलेर वा ग्यास चुहावटका कारण घरमा आगलागी  भएको घटनाहरू हामीले सुन्दै आएका छौँ । तर बिरालोको कारण आगलागी भयो भन्दा अचम्म लाग्न सक्छ । हो, यस्तै घटना दक्षिण कोरियामा भएको छ । त्यसैले त्यहाँ बिरालो पाल्नेहरूलाई बिरालोको पनि क्रियाकलापमा निगरानी गर्न चेतावनी नै दिइएको छ । विगत ३ वर्षको अवधिमा १०० घरमा बिरालोका कारण आगलागी भएको तथ्य सार्वजनिक भएपछि सोलका अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन् । सोल महानगर अग्नि तथा प्रकोप विभागले जारी गरेको विज्ञप्तिमा २०१९ को जनवरीदेखि यो व

ग्यास लिक हुँदा घरमा आगलागी

भक्तपुर – मध्यपुरथिमी नगरपालिका–२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ। मंगलबार दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट भौतिक क्षति […]

झापामा ग्यास सिलिन्डर चुहावट भई एक घरमा आगलागी‚ तीनजना घाइते

झापा । अर्जुनधारा नगरपालिका-७ पुष्पलाल मार्गस्थित एक घरमा ग्यास सिलिन्डर चुहावट भई आगलागी हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् । रोमनाथ खनालको इँटाको वालमाथि जस्ताको छाना भएको एक तले घरमा हिजो (शनिबार) साँझ साढे ६ बजे आगलागी भएको प्रहरी कार्यालय झापाले जनाएको छ । नयाँ ग्यास सिलिन्डर फेर्ने क्रममा ग्यास चुहावट भई आगलागी […]

घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु

सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घर आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए । उनले भने, “आगलागीका कारण यही हो भन्न नसकिएपनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै