कट्रिना-विक्कीको विवाह हिन्दू र क्रिश्चियन दुवै परम्पराअनुसार हुने

२० मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल यही डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिदैछन् । राजस्थानको सवाई माधोपुरको एक भव्य रिसोर्टमा हुने विवाह समारोह भने मंगलबारदेखि नै शुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समाचार अनुसार कट्रिना र विक्कीको विवाह अलग-अलग रीतिरिवाज अनुसार हुनेछ । यी दुईको विवाह शुरुमा […]

सम्बन्धित सामग्री

ग्रामीण भेगका दलित र अशिक्षितलाई क्रिश्चियन बनाउने एजेन्टहरू सक्रिय ! (भिडिओ)

जनकपुरधाम । हिन्दू धर्म परिवर्तन गराएर क्रिश्चियन बनाउन मधेश प्रदेशका ग्रामीण भेगमा एजेन्टहरू सक्रिय भएका छन् । विशेष गरी अशिक्षित र दलित समुदायमा क्रिश्चियन धर्मका एजेन्टहरू सक्रिय भएका हुन् । अनेक खालका प्रलोभन र भ्रममा पारेर क्रिश्चिन धर्मका एजेन्टहरू धर्म परिवर्तन गराउँदै हिँडेका छन् । मधेशका ग्रामीण भेगका अधिकतर परिवार हिन्दू धर्म मान्छन् । तर […]

नेपालमा जातजातिको संख्या बढेको बढ्यै

काठमाडौं । नेपालमा जातजातिको संख्या पछिल्ला दशकहरूमा बढेको बढ्यै छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ । २०६८ सालको जनगणनाअनुसारका कुल १२५ जातजाति रहेकोमा अहिले १७ ओटा जातजाति थपिएको छ । २०६८ सालको जनगणनाअनुसारको १२३ मातृभाषामध्ये १२ ओटा विदेशी भाषा बोल्ने व्यक्तिको संख्या न्यून भएकाले ‘अन्य भाषा’अन्तर्गत राखी नयाँ थपिएका १३ ओटा समेत गर्दा जम्मा १२४ मातृभाषा कायम भएको बताइएको छ । जातजाति, भाषा तथा धर्मसँग सम्बद्ध यी तथ्यांक उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिशअनुसार बनाइएको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख हेमराज रेग्मीले जानकारी दिए ।  जातजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवाला व्यक्ति र संस्थाबाट दर्ता गराइएका माग र ध्यानाकर्षणलाई समेत सम्बोधन गरेर तथ्यांक सार्वजनिक गरिएको रेग्मीको भनाइ छ । नेपालमा १९६८ सालदेखि हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । मुलुकमा अक्सर बसोवास गरेका सबै व्यक्तिको घरदैलोमा गणक एकै समयमा पुगेर निर्धारित समयभित्र परिवार तथा परिवारका सबै व्यक्तिको जनसांख्यिक, सामाजिक तथा आर्थिक विवरण संकलन गर्ने गरिन्छ । जनगणनाको शुरुआतदेखि प्रश्नावलीमा ‘जात’ समेटिएको पाइन्छ । त्यसपछि जात र थर खुलाइएको छ । २०४८ सालदेखि जात र जातिको परिभाषासमेत समेटियो, जसअनुसार ‘जात’ भन्नाले हिन्दू वर्णाश्रमअन्तर्गतका विभिन्न वर्गका समूहलाई जनाउँछ । ‘जाति’ भन्नाले आप्mनो छुट्टै मातृभाषा र संस्कार भएका जनजातिलाई जनाउँछ । पाँचौं जनगणना २००९/११ मा ‘धर्म’, ‘मातृभाषा’ र ‘अरू भाषा’ उल्लेख छ । ‘मातृभाषा’ व्यक्तिले बोली फुटेदेखि नै आमाबाबुले बोल्न सिकाई आप्mनो परिवारमा बोल्दै आएको पहिलो भाषा हो ।  २०४८ सालको जनगणनामा ६० जातजाति र ३१ भाषा देखिएको थियो । २०५८ को जनगणनामा १ सय १ जातजाति र ९२ भाषा देखिएको थियो । पहिचानको मुद्दा प्रमुख बनिरहेको नेपालको राजनीतिक धरातलमा कुन जाति कति छन् भन्ने विषयमा सर्वत्र चासो छ । २०७८ को गणनामा के फरक आयो ? जनगणना २०७८ मा प्रमुख धर्म, भाषा र जातजातिको जनसंख्या अनुपातमा फेरबदल देखिएको छ । २०६८ को जनगणनाअनुसार धर्मका आधारमा सबैभन्दा धेरै हिन्दूको जनसंख्या ८१ दशमलव ३ प्रतिशत रहेकोमा २०७८ मा ८१ दशमलव १९ प्रतिशतमा झरेको छ । जातजातिको आधारमा २०६८ सालमा सबैभन्दा धेरै क्षत्री जनसंख्या १६ दशमलव ६ प्रतिशत रहेकोमा अहिले क्षत्रीको जनसंख्या १६ दशमलव ४५ प्रतिशत छ । मातृभाषाका आधारमा २०६८ को जनगणनामा नेपाली भाषा बोल्नेको संख्या ४४ दशमलव ६३ प्रतिशत रहेकोमा अहिले बढेर ४४ दशमलव ८६ प्रतिशत भएको छ ।  नेपालीपछि धेरै बोलिने मातृभाषा मैथिली भने २०६८ मा ११ दशमलव ६ प्रतिशत रहेकोमा अहिले घटेर ११ प्रतिशत कायम भएको छ ।  २०६८ सालमा हिन्दू, बौद्ध, इस्लाम, किरात र क्रिश्चियन धर्म मान्नेको अनुपात क्रमशः ८१ दशमलव ३, ९, ४ दशमलव ४, ३ र १ दशमलव १४ प्रतिशत रहेको थियो । २०७८ को जनगणनाअनुसार यो अनुपात ८१ दशमलव १९, ८ दशमलव २१, ५ दशमलव शून्य ९ र १ दशमलव ७६ प्रतिशत देखिन्छ । अनुपातका दृष्टिकोणले बौद्ध र हिन्दूधर्म मान्ने घटेको र इस्लाम, किरात र क्रिश्चियन बढेको देखिन्छ ।

जनगणनामा हिन्दू धर्मावलम्बी ह्वात्तै घटेर क्रिश्चियन बढेकै हुन् त ?

कार्यालयले प्रारम्भिक नतिजा सार्वजनिक गरेको एक वर्षपछि आधिकारिक जनगणनाको तथ्यांक सार्वजनिक गरेको कार्यालयले अझै पनि नेपालमा कुन धर्म मान्ने कति छन् भन्ने तथ्यांक सार्वजनिक गर्न नगर्दा भ्रम फैलिएको छ ।

यस्तो छ जनगणनामा हिन्दू धर्मावलम्बी घटेर क्रिश्चियन बढ्ने कारण

राष्ट्रिय तथ्यांक कार्यालयले गत शुक्रबार जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदन सार्वजनिक ग-यो । तर, जनगणनाको पूर्ण तथ्यांक भने अझै सार्वजनिक गरिएको छैन ।  पछिल्लो समयमा नेपालमा पैसाको आडमा धर्म परिवर्तनको लहर चलेको ...

क्रिश्चियन बाहुल्यता रहेको बेलायतमा ऋषि सुनक पहिलो हिन्दू प्रधानमन्त्री

एजेन्सी । भारतीय मूलका हिन्दू नागरिक ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनलाई बेलायतका राजा चाल्र्सले प्रधानमन्त्री नियुक्त गरेपछि औपचारिक रुपमा पद सम्हाल्नेछन् । ऋषि आबद्ध कन्जरभेटिभ पार्टीका बहुमत सांसदले सोमबार उनलाई नेता चयन गरेपछि उनी प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । ऋषिले बेलायतको प्रधानमन्त्री बनेर इतिहास समेत रचेका छन् । क्रिश्चियन बाहुल्यता […]

‘राजधानी प्रदेश’ र ‘नेवा राज्य’ : केही भ्रमको खण्डन

नेवारलाई ‘जातीय समुदाय’ भन्न मिल्दैन । ‘नेवा’ जातीय पहिचान हैन । नेवार समुदायको ‘साझापन’ धर्म पनि हैन । धार्मिक हिसाबले नेवारहरू हिन्दू र बुद्धिष्ट दुवै हुन्छन् । अझ सानो संख्यामा मुस्लिम र क्रिश्चियन नेवार पनि छन् ।

पशुपतिग्रामको अवधारणा : एक करोड धार्मिक पर्यटक भित्र्याइने

विश्वभर रहेका करिब एक अर्ब हिन्दू धर्मावलम्बीमध्ये वार्षिक एक प्रतिशत अर्थात् एक करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी पशुपति क्षेत्रको विस्तृत गुरुयोजना तयार पारिएको छ । पशुपति क्षेत्र विकास कोषले तयार पारेको अति महत्वकाङक्षी गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अध्यक्ष हुने सञ्चालक परिषद्ले विसं २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि पेश गरिएको छ । विसं १८६७ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले लालमोहर लगाएर पशुपतिनाथलाई अर्पण गर्नुभएको पशुपति क्षेत्रको २६४ हेक्टर जमिनमा धार्मिक पर्यटन प्रवद्र्धन हुने गरी पूर्वाधार निर्माण गर्ने अवधारणा गुरुयोजनामा समेटिएको कोषले जनाएको छ । क्रिश्चियन धर्मावलम्बीको भ्याटिकन सिटी, मुस्लिमको मक्का मदिना, बौद्ध धर्मावलम्बीको लुम्बिनी जस्तै वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा पशुपति क्षेत्रलाई स्थापित गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।

धर्म परिवर्तन गराउनेलाई कडा कारबाही, देश निकाला पनि हुने

काठमाडौं । विगत लामो समय देखि विभिन्न प्रलोभनमा पारी हिन्दू तथा बौद्ध धर्म मान्नेहरुलाई क्रिश्चियन धर्ममा परिवर्तन गरिन्दै आएको कुरा सबैलाई जानकारी भएकै कुरा हो । नेपालका विभिन्न गाउँगाउा देखि शहरसम्म ...

जागिर लगाइदिने भन्दै हिन्दूलाई क्रिश्चियन बनाउने पक्राउ

काठमाडौं । हिन्दू महिलालाई जागिरको प्रलोभनमा दिएर क्रिश्चियन धर्म अनुशरण गर्न लगाउने तीन जना महिला पक्राउ

बालगृहको आवरणमा सबै हिन्दूलाई पादरी बनाउने मिसन, महालेखाले उठायो प्रश्न

२९ चैत, काठमाडौं । सबै हिन्दुलाई पादरी बनाउने उद्देश्यका साथ खुलेको संस्थाले समाजकल्याण परिषदमार्फत करोडौं रुपैयाको परियोजना स्वीकृत गराएर काम गरिरहेको खुलेको छ । संविधानले धर्म परिर्वतन गराउनु वा अर्काको धर्ममा खलल पर्ने काम गर्नुलाई दण्डनीय भनेको छ । तर, नयाँ पादरीलाई देशब्यापी रुपमा प्रशिक्षित गर्दै हिन्दू र वुद्धमार्गीलाई क्रिश्चियन बनाउने घोषित …