अध्यादेश आएकै दिन फुटे दुई दल

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकै दिन बुधबार दुईवटा पार्टी फुटेका छन् । नेकपा एमाले र जसपा फुटेका हुन् ।एमालेको माधवकुमार नेपाल समूह र जसपाको महन्थ ठाकुर पक्षले बुधबार नै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन दर्ता गराएका छन् । निर्वाचन […]

सम्बन्धित सामग्री

दल विभाजन सम्बन्धी अध्यादेश खारेज

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेकी छन्। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार अध्यादेश खारेज गरेकी हुन्। आजै बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। संविधानको धारा ११४ अनुसार सरकारले संसद अविधेशन नचलेको बेला अध्यादेश जारी गर्न र जुनसुकै बेला फिर्ता लिन सक्छ। ऐनमा भएको दल विभाजनका लागि […]

राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । राजनीतिक दल विभाजनका लागि केन्द्रीय सदस्य वा संसदीय दल मध्येबाट २० प्रतिशत पुर्याउनुपर्ने प्रावधानसहितको अध्यादेश फिर्ता भएको हो । अध्यादेश फिर्ताका लागि जनता समाजवादी पार्टीले सरकारलाई दवाव दिँदै आएको थियो भने अध्यादेशकै लफडाका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको थियो ।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेजीको लागि सिफारिश

काठमाडौं, ११ असोज । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश खारेजीको लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको छ । आज साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजीको सिफारिश गरेको हो । सत्ता गठबन्धनका नेताहरुबीचको सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आजको मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ताको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेका हुन् । योसँगै सरकारले पूर्णता पाउने बुझिएको छ । प्रधानमन्त्री […]

प्रतिनिधि सभा बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश टेबुल

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बीच सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिनिधि सभामा टेबुल गरेको छ ।बुधवार प्रतिनिधि सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को नाराबाजीका बीच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७८ प्रतिनिधि सभासमक्ष टेबुल गरेका हुन् । प्रतिनिधि सभाको अर्को बैठक भदौ २५ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

एमालेको अवरोधकाबीच राजनीतिक दल सम्बन्धि अध्यादेश संसदमा पेश

काठमाडौं, भदौ २३ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिनिधिसभामा पेश गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धि अध्यादेश पेस गर्नुभएको हो । विपक्षी सांसदहरुले बैठकमा नाराबाजी गरिरहेकै बेला सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री खाँणलाई अध्यादेश पेश गर्न समय दिनुभएको थियो । आजबाट […]

राष्ट्रपति भण्डारीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणिकरण, अब जारी हुँदै

काठमाडौं, २ भदौ । राष्ट्रपति कार्यालयले दल विभाजनसम्बन्धी अध्यादेश केहीबेरमै जारी गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश प्रमाणिकरण गरिसकेकी छिन् । राष्ट्रपति भण्डारीका स्वकिय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणिकरण भैसकेको र अब केहीबेरमै जारी हुने जानकारी दिए । सरकारले हिजो दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । दल विभाजनको लागि खुकुलो प्रावधान राखेर […]

राष्ट्रपतिद्वारा दल विभाजन अध्यादेश स्वीकृत, एमाले फुट्ने निश्चित

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेकी छिन्। मंगलवार सरकारले दल विभाजन सहज हुने गरि अध्यादेश राष्ट्रपति कहाँ पठाएको थियो। आज राष्ट्रपतिले अध्यादेशलाई स्वीकृत गरेकी हुन्। नेकपा एमालेभित्र विवाद बढ्दै जाँदा शेरबहादुर देउवा सरकारले एमाले विभाजन सहज हुने गरि अध्यादेश ल्याएको हो। अध्यादेशमा अब संसदीय दल…

दल विभाजन सम्बन्धी अध्यादेश जारी

काठमाडौँ – दल विभाजन सम्बन्धी (राजनीतिक दल सम्बन्धी) अध्यादेश जारी भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपतिका प्रेसविज्ञ टीका ढकालले अध्यादेश जारी भएको जानकारी दिए। मंगलबार सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको सर्मथन भए […]

दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ । मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बैठकले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै […]