आयुर्वेद चिकित्सालय नरदेवीलाई नास्ट कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार

नास्टद्वारा जारी सूचना अनुसार  १०६ वर्षदेखि आयुर्वेद चिकित्सा सेवा र ३ वर्षयता एकीकृत सेवाका साथै कोभिड-१९ मा बहुविधि उपचार सेवा र परम्परागत चिकित्सा विज्ञानमा अनुसन्धान प्रयास गरे वापत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) २०७९ सालको कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कारका लागि सिफारिस गरिएको  हो।