जिल्ला अस्पताल बैतडी न्यूनतम् सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो । न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पतालले ८९ प्रतिशत अङ्क ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा.दिपेश श्रेष्ठले बताए । वर्षमा दुई पटक हुँदै आएको अनुगमनमा गत वर्ष उक्त अस्पतालले ६३ प्रतिशत अङ्क ल्याएको थियो । सो अस्पताल यही मङ्सिरमा गरेको अनुगमनमा ८९ प्रतिशत अङ्क ल्याउँदै प्रथम हुन सफल भएको हो । विभिन्न मापदण्ड र स