कोकाकोलाको कान्छु प्याक नेपाली बजारमा

काठमाडौं (अस) । पेयपदार्थ ब्रान्ड कोकाकोलाले सबैभन्दा सानो कान्छु बोतल नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपाली भाषाको कोकाकोला लोगोसहित बजारमा बिक्री सुरु गरिएको कान्छु प्याकले उपभोक्तासँग अझै नजिकको सम्बन्ध जोड्ने विश्वास कम्पनीको छ । कान्छु बोतललाई वातावरणमैत्री बनाउन पुनः प्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको छ । यो ग्लास प्याकेजिङमा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहने कम्पनीले बताएको छ ।  रिटर्नेबल ग्लास बोतल १७५ एमएल प्याकमा नेपालका सबै डिपार्टमेन्ट स्टोर र किराना पसलमा फ्यान्टा र स्प्राइटका लागि पनि उपलब्ध हुनेछ । कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘नेपाली उपभोक्तालाई धेरैभन्दा धेरै छनोट प्रदान गर्न निरन्तर प्रतिबद्ध छौं । सोहीअनुसार सबैभन्दा सानो कान्छु बोतल बजारमा बिक्री सुरु गरेका छौं । फ्यान्टा र स्प्राइटमा पनि यो उपलब्ध गराइएको छ ।’ नयाँ रिटर्नेबल ग्लास बोतल  कोकाकोलाको नेपालमा उपलब्ध पेय पदार्थमध्ये सबैभन्दा सानो हो । बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘नयाँँ कान्छु प्याक सबैभन्दा उपयुक्त मात्र नभई यसको प्याकेजिङ विशेषगरी उपभोक्तालाई ध्यानमा राखेर नेपाली नाम र लोगोसहित डिजाइन गरिएको छ ।’ स्थानीय उपभोक्तासँग बलियो सम्बन्ध निर्माण गर्ने प्रतिबद्धताअनुसार नेपाली उपभोक्ताका लागि नेपाली नामसहितका प्याक बजारमा बिक्री गरिँदै आएको कम्पनीले जनाएको छ । कम्पनीले १७५ एमएलको कान्छु बोतलको नेपाली बजार मूल्य २५ रुपैयाँ तोकेको छ ।

सम्बन्धित सामग्री

कोका–कोलाको सबैभन्दा सानो ‘कान्छु प्याक’ नेपाली बजारमा

कोका–कोलाले आफ्नो सबैभन्दा सानो र कान्छो उत्पादन कान्छु बोतल नेपालमा ल्याएको छ । यो कान्छु बोतल जम्मा २५ रुपैयाँमा १७५ एमएलको आरजीबी (रिटर्नेबल ग्लास बोतल) प्याकमा उपलब्ध रहेको छ ।नेपाली भाषाको कोका–कोला लोगोसहित आएको यो कान्छु प्याकले नेपाली उपभोक्तासँग अझै नजिकको सम्बन्ध जोड्ने विश्वास गरिएको कम्पनीले जनाएको छ । यो कान्छु बोतललाई वातावरण–मैत्री बनाउनको लागि […]