बागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल गर्न गठबन्धन बैठक आह्वान

बागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनमा सिट बाँडफाँट गर्न गठित कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । मंगलबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ । ‘वागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल हुन्छ’, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, ‘गठबन्धनमा रहेर कार्यगत एकता अन्त गरेपछि स्वभाविक रुपमा प्रश्न उठेको छ,यसमा छलफल हुन्छ ।’मंसिर ४ मा हुने प्रति

सम्बन्धित सामग्री

सत्ता गठबन्धन बैठकको बस्दै

काठमाडौँ। आज सत्ता गठबन्धन बैठक बस्दैछ। बागी उम्मेदवार तथा जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीबारे छलफल गर्नको लागि शीर्ष नेताहरु सहित कार्यदलका सदस्यसहित बैठक बोलाइएको हो। बैठक आज दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।