लिटल फ्लावर टी-२० लिग : एभरेस्ट र गुरुकुल विजयी

धनगढी : कैलालीको धनगढीमा जारी विद्यालयस्तरीय यू–१९ टी–२० ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’ क्रिकेटअन्तर्गत दोस्रो दिनको खेलमा एभरेस्ट एकेडेमी अत्तरिया र गुरुकुल इंगलिश स्कुल लम्कीले विजयी सुरुवात गरेका छन्। मंगलबार भएको पहिलो खेलमा एभरेस्ट एकेडेमी अत्तरियाले होलिल्याण्ड इंगलिश स्कुल अत्तरियालाई ९ विकेटले पराजित गर्‍यो।धनगढीस्थित सङ्घीय प्रहरीको खेल मैदानमा भएको खेलमा होलिल्याण्डले दिएको ६३ रनको लक्ष्य एभरेस्टले ७ दशमलव ५ ओभरमा १ विकेटको क्षतिमा भेटायो। ए