मन्त्रीहरूले आचारसंहिता कार्यान्वयन गर्लान् ?

सत्तागठबन्धन दलले मन्त्रीहरूका लागि बनाएको १४ बुँदे आचारसंहिता कार्यान्वयनमा आंशका देखिएको छ । सरकारको साझा न्यूनतम कार्यक्रमसँगै गठबन्धनले मन्त्रीका लागि आचारसंहिता बनाएका थिए ।

सम्बन्धित सामग्री

कास्कीमा निर्वाचन आचारसंहिता विषयमा छलफल

निर्वाचन कार्यालय कास्कीले निर्वाचन आचारसंहिता विषयमा छलफल गरेको छ । आयोगले आज निर्वाचन आयोगले पठाएको मस्यौदा माथी कास्कीका नागरिक समाज, सुरक्षाकर्मी, संचारकर्मी, निर्वाचन अधिकारी, राजनीतिक दलका प्रतिनिधि लगायत सरोकारवालासंग छलफल चलाएको हो । छलफलमा सहभागीले ठूला दलले नै निर्वाचन आचारसंहिता कार्यान्वयन नगर्ने बताएका थिए । देशभक्त पार्टीका रनबहादुर दर्मले सुरक्षा निकायले पनि ठूला दलका नेतालाई मात्र सुरक्षा दिने गरेको आरोप लगाउनु भयो । साना दललाई पार्टी नगर्ने बताउदै उहाँले साना दलका उम्मेदवार र नेतालाई पनि प्रहरी प्रशासन वास्ता नगर्ने गरेको बताउनु भयो । मानवअधिकारकर्मी शिव खकुरेलले निर्वाचनको बेलामा बालबालिका र विद्यालय प्रयोग गर्न नहुने बताउनु भयो । उहाँले कडा आचारसंहिता कायम गर्नुपर्ने सुझाव दिनु भयो । यसैगरी निर्वाचन कार्यलयका प्रमुख भीमसेन कार्कीले आचारसंहिताको मस्यौदा बारे जानकारी गराउनु भयो । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले निस्पक्ष भएर निर्वाचन अधिकृतले काम गर्नुपर्ने बताउदै सबैले आफनो क्षेत्रबाट सहयोग आग्रह गर्नु भयो ।

आचारसंहिता मस्यौदाउपर दलसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिताको मस्यौदामाथि राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको छ । आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र विश्वासनीय तुल्याउन तयार गरिएको आचारसंहिताको मसौदाउपर संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षता भएको छलफलमा राजनीतिक दलका प्रतिनिधिले आचारसंहिताको कार्यान्वयनलाई प्रभावकारी बनाउन आयोगलाई सुझाव दिनुभयो । दलका प्रतिनिधिहरूले अनुगमनकर्ता तथा अनुगमन समितिलाई चुस्त तुल्याउन तथा दलको निर्वाचन खर्च पारदर्शी गराउने पाटोमा विशेष भूमिका खेल्न आयोगसँग आग्रह गर्नुभयो । मतपेटिका मतगणनास्थलमा ल्याउँदा सबै उम्मेदवारका प्रतिनिधिलाई सँगै आउने व्यवस्था मिलाउन तथा मतदानस्थलमा सिसी क्यामराको प्रयोग गर्न उहाँहरुले लिखित र मौखिक सुझाव दिनुभयो । निर्वाचन सकिएपछि निश्चित समयभित्र हरेका उम्मेदवारले खर्चका विवरण आयोगलाई बुझाउनुपर्छ भन्ने कानूनी व्यवस्था भए पनि त्यो अझै कार्यान्वयन हुन नसकेको छलफलका क्रममा राजनीतिक दलका प्रतिनिधिले आयोगसमक्ष गुनासो गर्नुभयो । आचारसंहिता जहिले पनि निर्वाचनअघि छलफल गर्ने विषयमा मात्र सीमित नहोस् भन्दै उहाँहरूले कुनै दल विशेषका उम्मेदवारले सधै उल्लङ्घन गर्ने कार्य कहिले बन्द हुन्छ भनी आयोगसम्म प्रश्न गर्नुभएको थियो । छलफलमा सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको आयोगले जानकारी दिएको छ ।

निर्वाचन आचारसंहितामाथि दलहरूसँग छलफल : कसले के भने?

काठमाडाैं : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७७ का सम्बन्धमा विभिन्न राजनीतिक दलहरूसँग छलफल गरेको छ। आइतबार आयोग परिसरमा आयोजित छलफलमा विभिन्न १४ वटा राजनीतिक दलका प्रतिनिधि सहभागी थिए। राजनीतिक दलका अधिकांश प्रतिनिधिले निर्वाचन आयोगले आचारसंहिता जारी गरे पनि आचारसंहिता पालना भए नभएको अनुगमन चुस्त हुन नसकेको तथा आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही गर्ने नगरेको भन्दै ध्यानाकर्षण गराएका थिए। उनीहरूले आचारसंहिता कडाइसाथ कार्यान्वयन गराउन र उल्लंघन गर्नेमाथि विद्यमान व्यवस्थाअनु

उपनिर्वाचन आचारसंहिता जारी, शुक्रबारदेखि कार्यान्वयन हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ ।

कार्य सम्पादन गर्दा आचारसंहिता पालना गर्नुपर्छः प्रधानन्यायधीश

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले कानून कार्यान्वयन गर्ने निकायले कार्य सम्पादन गर्दा आचारसंहिता पालना गर्नुपर्ने बताएका छन् । महान्यायाधिवक्ताको कार्यालयको स्थापना दिवसका अवसरमा आज काठमाडौंमा...

आचारसंहिता पालना गर्ने लमजुङका राजनीतिक दलको प्रतिवद्धता - Naya Patrika

लमजुङका राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आसन्न प्रतिनिधी सभा र प्रदेशसभालाई मध्यनजर गरी आयोजना गरीएको निर्वाचन आचारसंहिताको कार्यक्रममा यस्तो उनीहरुले यस्तो बताएका...पूरा पढ्नुहोस् »

आचारसंहिता कार्यान्वयन गर्न संयन्त्र

खोटाङ, कार्तिक ८– निर्वाचन आचारसंहिता कार्यान्वयन गर्नका लागि खोटाङमा दलका नेता सम्मिलित समन्वय संयन्त्र निर्माण गरिएको छ । आउँदो प्रदेशसभ...

आचारसंहिता पालना गर्ने रसुवाका राजनीतिक दलकाे प्रतिबद्धता - Naya Patrika

रसुवाका राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार सदरमुकाम धुन्चेमा निर्वाचन कार्यालयले आयोजना गरेको कार्यक्रममा विभिन्न दलका नेता तथा उम्मेदवारले आचारसंहिताको पूर्ण...पूरा पढ्नुहोस् »

पण्डितलाई आचरणमा राख्न आचारसंहिता जारी गरिँदै

आचरणमा नबसेका कारण समाजमा पण्डितको महत्व घट्दै जान थालेपछि आचारसंहिता बनाएर कार्यान्वयन गराउन देशभरका पण्डित जुटेका छन्।

दुई नम्बर प्रदेशमा भोलिदेखि निर्वाचन आचारसंहिता

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दुई नम्बर प्रदेशका ८ जिल्लामा भोलिदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने भएको छ।  २ नम्बर प्रदेशमा असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ। भोलिदेखि लागु हुने आचारसंहिता नेपाल सरकार र नेपाल सरकारको मन्त्री, स्थानीय निकाय/तह र यहाँका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली…