कपिलवस्तुको बाणगंगामा मध्यराती ३१ जना जुवाडे पक्राउ

कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट ३१ जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पिपराले गए राती जुवा खेल्दैगरेको अवस्थामा नगरपालिकाका २ स्थानबाट ६ लाख १९ हजार १ सय २७ रुपियाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।