टिप्पणी : सरकार नै गिजोल्छ सहकारी

सहकार्यको सिद्धान्तअनुसार नचल्दा नेपालका सहकारी संस्थाहरूमा विभिन्न खाले समस्या देखिइरहेका छन् । यिनको नियमनका लागि बलियो नियामक नभएको बताइरहँदा सहकारीका सञ्चालकहरू बेपत्ता हुने र निक्षेपकर्ताको रकम डुब्नेजस्ता समस्या सतहमा देखिइरहेका छन् । यस्तो समस्या लामो समयदेखि रहँदै आएको छ । तर, समस्या समाधान हुनुको साटो बल्झेको छ ।  नेपालका सहकारी न बैंक तथा वित्तीय संस्था हुन सकेका छन् न त सहकारी नै । नियमन नै कसले गर्ने हो यकीन छैन । सहकारी नियमनका लागि विभिन्न निकायले सूचना भने जारी गर्ने गर्छन् । वास्तवमा सहकारी भनेका स्वनियमनले चल्ने हुन् । तर, सरकारले कहिले कसले त कहिले कसले अनुगमन गर्ने भनेर जिम्मा दिने गर्छ । अहिले आएर सहकारीको अनुगमन स्थानीय तहबाट हुने भनिएको छ । तर, स्थानीय तहमा सहकारीको अनुगमन गर्ने विज्ञ छन् वा छैनन् ? यी सबै अवस्था हेर्दा सरकारले नै सहकारीलाई गिजोलेको देखिन्छ ।  स्थानीय तहमा अहिले बचत फिर्ता नगरेको भन्दै सहकारी सञ्चालकविरुद्ध उजुरीको चाङ लाग्न थालेका छन् । नियामक निकायको कमजोर उपस्थितिकै कारण सहकारीको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ । संविधानको अनुसूचि ८ मा स्थानीय तहको अधिकार सूचीभित्र सहकारी रहेको छ । स्थानीय तहले आप्mनो क्षेत्रमा रहेका सहकारीको नियमन गर्ने जिम्मेवारी पाएको छ । तर, यसका लागि स्थानीय तहले सहकारीसम्बन्धी अलग्गै ऐन, कानून ल्याएर नियमन गर्न सकेको अवस्था छैन । खासगरी शहरी क्षेत्रका सहकारीहरूमा यो समस्या बढी देखिएको छ । नेपालमा रहेका करीब ३० हजार सहकारीमध्ये संघीय सरकारको क्षेत्राधिकारभित्र १ सय २५ ओटा सहकारी मात्रै रहेको बताइन्छ । त्यस्तै प्रदेशअन्तर्गत ६ हजार र बाँकी सबै स्थानीय तहको क्षेत्राधिकारभित्र पर्छन् । यिनको नियमनका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य हुन जरुरी छ । तर, त्यसो हुन सकेको छैन । नाम सहकारी भए पनि सञ्चालकहरूले यसलाई व्यक्तिगत कम्पनी जस्तो गरेर सञ्चालन गर्दा समस्या बढेको हो । साथै, सहकारीका सदस्यहरूले आप्mनो संस्था सहकारीको मर्म, कानूनी व्यवस्थाअनुसार चलेको छ कि छैन भनेर नहेर्दा पनि सहकारीहरू समस्यामा परेका देखिन्छन् । त्यसैले सहकारीका यी विकृति रोक्न सबैको समन्वित पहल जरुरी देखिन्छ ।

सम्बन्धित सामग्री

कांग्रेसको ठहर : सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार सहकारी ठगहरूलाई जोगाउनका लागि उद्धत रहेको टिप्पणी गरेका छन् । नयाँ बानेश्वरस्थित् संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको आकस्मिक बैठकको निर्णय सुनाउने क्रममा पार्टीले यस्तो निष्कर्ष निकालेको लेखकले बताएका छन् । उनले भने, ‘हाम्रो संसदी...

सरकार सहकारी ठगलाई जोगाउन उद्दत भयो – रमेश लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्दत रहेको टिप्पणी गरेका छन् ।

सरकार सहकारी ठगलाई जोगाउन उद्दत भयो – रमेश लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्दत रहेको टिप्पणी गरेका छन् ।

सहकारी पीडितको मुद्दामा सरकार निरिह भयोः प्रमुख सचेतक गिरी

काठमाडौं, १४ माघ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सहकारी पीडितको मुद्दामा सरकार निरिह बनेको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बचतकर्ताको बचत सुरक्षित गर्ने र कानुन विपरित कारबाही गर्ने कार्यमा सरकार निरिह बनेको आरोप लगाएका हुन् । सहकारीको पैसा […]

सरकार मात्रै ढुक्क छ, अरु छैन : ओली

२५ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले प्रतिवद्धताको वर्षा मात्र गर्ने गरेको टिप्पणी गरेका छन् । मुलुक आर्थिक संकटमा धकेलिँदै गईरहेका बेला पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने ढुक्क र प्रशन्न चित्तमा ‘कमिटमेन्ट’को वर्षा मात्रै गर्ने गरेको उनले बताए । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा एमाले अध्यक्ष ओलीले देश आर्थिक […]

नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गरियो : ओेली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफ्नो भ्रष्टाचार छोप्न नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गर्न खोजिरहेको आरोप लगाएका छन् ।गृहजिल्ला झापा पुगेका ओलीले राष्ट्रसेवक सहकारी संस्थाको कार्यक्रममा सरकारले नारायणहिटी कप्लक्कै खाइसकेको टिप्पणी गरे । नारायणहिटी संग्रहालयमा क्याफे संचालनसम्बन्धी ठेक्का पाएको बतास समूहलाई सरकारको संरक्षण रहेको भन्दै उनले अहिले आफ्नो भ्रष्टाचार छोप्न बतासलाई मिडियाबाट केपी […]

मालपोत कर्मचारीलाई आध्यात्मिक चिन्तन गर्न सचिवको सुझाव - Purbeli News

कर्णाली / नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मालपोतका कर्मचारीलाई आध्यात्मिक चिन्तन गर्न सुझाव दिएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मालपोत कार्यालयले शनिबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममासचिव पाण्डेले पछिल्लो समयमा मालपोतको सेवा प्रवाहले नागरिक तहबाट थुप्रै गुनासा आउन थालेको टिप्पणी गरे । “आध्यात्मिक चिन्तनमा लाग्नुस्, साँझ परेपछि...