काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकलाई दिइँदै आएको भिजिट भिसा अस्थायी रूपमा स्थगित गरेको छ। सोमबार (भदौ ३०) बाट लागू हुने यो निर्णयबारे नेपाली राजदूतावासलाई आधिकारिक जानकारी नआए पनि अनौपचारिक रूपमा युएई अधिकारीहरूमार्फत पुष्टि भएको राजदूतावासले जनाएको छ। भदौ २४ गते नेपालमा भएको प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूको अनुसन्धान सुरु भएकाले युएईले सतर्कता […]
काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका हुन्छन् ट्राफिक प्रहरी। हातमा सिट्टी, सेतो र कालो रङ् मिसिएको क्याप, नीलो आकाशे रङ्को सर्ट अनि गाढा निलो पेन्ट। यो पोशाक उनीहरुको चिनारी हो तर यतिबेला उनीहरु पोशाकबिहीन भएका छन्। जेनजी आन्दोलनले ट्राफिक प्रहरीको चिनारी खोसिएको छ। सामाजिक सञ्जालमा प्रदर्शनकारी ट्राफिकको पोशाक लगाएर सिट्टी फुक्दै […]
काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । केही भूभागमा भारी वर्षाको पनि सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा […]