झापाका अर्पण  शर्माद्वारा गिनिज बुकमा नयाँ कीर्तिमानको दाबी पेस

झापा : मेमोरी किङ भनेर चिनिएका झापाका युवा प्रतिभा अर्पण शर्माले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ कीर्तिमानका लागि दाबी पेस गरेका छन्।भद्रपुर नगरपालिका–८ का स्थायी बासिन्दा ३२ वर्षीय शर्माले सन २०१५ मा पहिलो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका थिए।त्यसबेला ४० वटा वस्तुको बारेमा भारतका जयसिम्हा रविलाभाको गिनिज रेकर्ड तोड्दै शर्माले त्यसबेला दमकमा आयोजित गिनिज बुक होल्डरका अगाडि एक मिनेटमा ४२ प्रकारका वस्तु नहेरेर एकैचोटि फररर जवाफ दिएपछि विश्वकीर्तिमान कायम गरेका थिए