अन्नपूर्ण आधार शिविर प्रवेशद्वारमा एकीकृत पर्यटन सूचना केन्द्र

कास्की, २५ फागुन । विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एविसी) प्रवेशद्वार कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित वीरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।अन्नपूर्ण–८ स्थित वीरेठाँटीमा स्थापना गरिएको सूचना केन्द्र गाउँपालिकाले गौरवको आयोजनाका रुपमा रहेको छ । पर्यटकलाई आफ्नो भ्रमण क्षेत्रको बारेमा पूर्वजानकारी गराउँदै पर्यटन क्षेत्रलाई सुरक्षित बनाउने प्रमुख उद्देश्य केन्द्रको छ । […]