अमेरिकाद्वारा भारतलाई पाँच र फ्रान्सद्वारा एक विमानमार्फत स्वास्थ्य सामग्री सहयोग

काठमाण्डाै - कोरोनाले अति प्रभावित भारतलाई विभिन्न देशबाट सहयोग आउन सुरु भएको छ । अमेरिकाले भारतलाई थप ३ वटा विमानमार्फत स्वास्थ्य सामग्री सहयोग गरेको छ । यूएसएडले विज्ञप्तिमार्फत भारतलाई थप ३ वटा विमानमार्फत अक्सिजन सिलिन्डरसहितको उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराएको जानकारी गराएको हो । अमेरिकाले विमानमार्फत ९ लाख थानभन्दा धेरै एन-९५ मास्कसमेत पठाएको छ । अमेरिकाले योभन्दा पहिले २ वटा विमानमार्फत स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।  यस्तै कोरोना सङ्क्रमणका कारण निक्कै समस्यामा परिरहेको भारतलाई अरु देशले पनि स...

सम्बन्धित सामग्री

कोरोना महामारीको सामना गर्न भारतलाई चीनले दियो अक्सिजन

काठमाडौं। कोरोना संकटको सामना गरिरहेको भारतलाई विभिन्न देशले स्वास्थ्य सामग्री सहयोग गर्न क्रम जारी छ। यसै क्रममा श्रीलंकास्थित चिनियाँ दूतावासले यो कठिन अवस्थामा चीन भारतको साथमा रहेको भन्दै ८ सय अक्सिजन कन्सेन्ट्रेटर हङकङबाट भारत पठाएको जनाएको छ । दूतावासले एक सातामा थप १० हजार अक्सिजन कन्सेन्ट्रेटर पठाउने पनि जानकारी दिएको छ।