काठमाडौं। माधव नेपालसहितका नेताहरूको माग बमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।आज न्यायाधीश प्रकाश ढुंगानाको इजलासले रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो। माधवसहितका चार नेताले २७ जना सांसदको पद खारेजी प्रक्रिया रोक्न र ०७५ जेठ २ अघिकै पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै रिट दायर गरेका थिए।