यमनी हवाई आक्रमणमा हाम्रो संलग्नता छैन : गठबन्धन

साउदी अरब नेतृत्वको यमनी हुथी समूह विरोधी गठबन्धनले विद्रोही बन्दीहरू राखेको यमनको उत्तरी क्षेत्रमा रहेको एक जेलमा भएको हवाई आक्रमणमा आफ्नो संलग्नता नरहेको दावी शनिबार गरेको छ । यमनमा कार्यरत सहायता समूहहरूले शुक्रबार बिहानै गरिएको आक्रमणमा आप्रवासी, महिला र बालबालिकासहित कम्तीमा ७० जनाभन्दा बढीको मृत्यु भएको जनाएका छन् ।प्रारम्भिक समाचारहरूमा उक्त हमलामा २०० भन्दा बढी घाइते भएका र करिब १०० जनाको मृत्यु भएको जनाइएको थियो । सैन्य गठबन्धनले भवनहरूलाई भग्नावशेषमा परिणत गर्नेगरी भएको भनिएको उक्