तनहुँ २ मा एमालेबाट किरण गुरुङको मनोनयन दर्ता

२३ असोज, तनहुँ । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले तनहुँ २ बाट मनोनयन दर्ता गराएका हुन् । राजेश्वर ढकालको प्रस्ताव र खिम कुमालको समर्थनमा गुरुङले मनोनयन दर्ता गराएका हुन् । तनहुँ २ मा सत्तारुढ गठबन्धनबाट शंकर भण्डारी किरणविरुद्ध चुनाव लड्दै छन् ।

सम्बन्धित सामग्री

प्रदीप पौडेलसँगको एक बिहान : कतै उत्साह कतै हतास

बूढानीलकण्ठ । मंसिर ४ मा हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि असोज २३ गते मनोनयन दर्ता गरियो ।  दलहरु गठबन्धनको सिट मिलाउन र व्यस्त भए । कांग्रेस नेता प्रदीप पौडेलेको चाहना तनहुँ २ बाट निर्वाचन लड्ने थियो ।  तर, पार्टीबाट रामचन्द्र पौडेलले जिल्लाको क्षेत्र नम्बर १ र शंकर भण्डारीले २...

काठमाडौं–५ मा प्रदीप पौडेलको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । पौडेलले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् । ०७४ मा तनहुँमा माओवादी केन्द्रकी आशा कोइरालासँग प्रदेशसभा सदस्यमा ५ मतले पराजित भएका पौडेल यसपटक तनहुँ–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका आकांक्षी थिए ।