काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले अनुमति लिएर लामो समयसम्म प्रगति नगरेका जलविद्युत् आयोजनाको अवस्था अध्ययन गरी वर्गीकरणका आधारमा आवश्यक निर्णय गरिने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्न आज यहाँ आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले वास्तविक लगानीकर्तालाई सरकारले पूर्ण सहयोग गर्ने बताउँदै अनुमति लिएर आयोजना अघि […]
कांग्रेसले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि लोकतन्त्रवादी शक्ति, सञ्चारजगत्, नागरिक समाज तथा आम नागरिकलाई यस्ता अलोकतान्त्रिक गतिविधिविरुद्ध एकजुट भएर प्रतिवाद गर्न पनि आह्वान गरेको छ।
अष्ट्रेलियालाई कर्मथलो बनाएर प्राध्यापन पेसामा आबद्ध नेपाली योगी आचार्य राजन शर्माको यो वर्ष नेपाल आउनुको मुख्य उद्देश्य थियो, कैलाश मानसरोवर पुगेर अन्तर्राष्ट्रिय योग दिवस मनाउनु र यहाँका साधकहरूबीच योग तथा ध्यान कार्यक्रम सम्पन्न गर्नु।
गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको बाढीले सोही स्थानमा निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । आयोजनास्थलमा रहेका विभिन्न भौतिक संरचना र उपकरणमा आइतबार लेदोसहितको बाढी पसेको थियो । बाढीले कङ्क्रिट उत्पादन केन्द्र (ब्याचिङ प्लान्ट), गिट्टी प्रशोधन केन्द्र (क्रसर प्लान्ट) लगायत संरचनामा क्षति पुर्याएको आयोजनाका प्राविधिक कुमारमधु बेलवासेले […]
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सञ्चारमाध्यमका कार्यालय, प्रमुख प्रतिपक्षी दलका सभापतिको निवास तथा उद्यमी–व्यवसायीका कार्यस्थल अगाडि शंकास्पद रूपमा सवारी साधन पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले उक्त घटनालाई गम्भीर रूपमा लिएर यसको उद्देश्य र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान गर्नुपर्ने बताएका छन्। उनले […]