ललितपुर। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकामाथि सबैको विश्वास र भरोसा कायम राख्नु हाम्रो मुख्य दायित्व भएको बताएका छन्। ललितपुर बार एसोसिएसनको सभाहलमा आज (बिहीबार) भएको पूर्वन्यायाधीश द्वारिकामान जोशीद्वारा लिखित देवानी कार्यविधि कानुन ‘सिद्धान्त र व्यवहार’ नामक तेस्रो कृतिको सार्वजनिकीकरण समारोहमा राउतले यस्तो बताएका हुन्। उनले भने, “आगामी १ मंसिरदेखि सर्वोच्च अदालत पूर्ण रुपमा सञ्चालनमा आउनेछ। अदालतप्रतिको […]