कप्तान रोहितको चुलिएको आत्मविश्वास

ओमानको त्यो साँझ नेपाली क्रिकेटका लागि असामान्य थियो। आईसीसी टी–२० विश्वकपमा स्थान पक्का गरेपछि राष्ट्रिय टोलीका सदस्यहरू आपसमा अँगालिए। कोही भावुक देखिए। केहीको आँखा रसायो। उत्सवको त्यो घडीमा एउटा अनुहार भने यस्तो देखियो, जो शान्त थियो। यो कथा हो– कप्तान रोहितकुमार पौडेलको। जसका लागि त्यो क्षण जित मात्र थिएन, एक वर्षअघिको पीडादायी यात्राको अन्त्य पनि। […]