एकीकृत समाजवादी कैलालीले मानेन माधव नेपालको निर्णय, नेकपामा समाहित नहुने

धनगढी– तत्कालीन माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को कैलाली जिल्ला कमिटीका अध्यक्ष र सचिवसहितको बहुमत कमिटी नेपाली कम्युनिस्ट पार्टीमा नजाने  भएको छ । जिल्ला कमिटी अध्यक्ष विमल जोशीले १२१ सदस्यीय कमिटीमध्ये ९१ जनाको बैठकले एकता प्रक्रियामा सामेल नहुने निर्णय गरेको बताएका छन्  । उक्त निर्णयमा सचिव दीर्घ जोशी पनि सहमत रहेको अध्यक्ष जोशीले बताए […]